क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मीको संयोजकमा तेजकुमारी थापा

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मीको संयोजकमा तेजकुमारी थापा

गुल्मी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) गुल्मीबीच जिल्ला एकता अधिवेशन सम्पन्न भएको छ । 

मङ्गलबार तेज कुमारी थापाको अध्यक्षता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सचिवालय सदस्य तथा ५ नं. प्रदेश सहसंयोजक कृष्ण केसीको प्रमुख आतिथ्यता अर्जुन तरामुको सञ्चालन तथा अविरलको स्वागतमा अधिवेशन सम्पन्न भएको हो ।

सहिदहरूप्रति १ मिनेट मौन धारणबाट शुरू भएको कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सचिवालय सदस्य तथा गुल्मी जिल्ला इन्चार्ज नरेन्द्रबहादुर थापा, केन्द्रीय सदस्य टीका राना र प्रदेश सदस्य संगिनले शुभकामना दिएका थिए । 

सम्पन्न उक्त जिल्ला अधिवेशनले तेजकुमारी थापाको संयोजकत्वमा सहसंयोजक अविरल र तेन्जिङ्गसहित २१ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गुल्मी जिल्ला सङ्गठन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :