क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बर्दघाटबीच एकता सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बर्दघाटबीच एकता सम्पन्न

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेपाल कम्युनिस्ट पार्टी (मशाल) बर्दघाट नगर समिति बीच बर्दघाट- २ चिसापानीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । 

एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले रामप्रसाद अर्गेजाको संयोजकत्वमा २५ सदस्यीय नगर सङ्गठन समिति निर्वाचित गरेको छ । जस अन्तर्गत गोपबहादुर पौडेल सहसंयोजक रहेका छन् । साथै ८ सदस्यीय नगर कार्यालय समेत गठन गरेको नगर इन्चार्ज ज्ञानबहादुर केसीले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय कार्यालय सदस्य एवम् ५ नम्बर इन्चार्ज कृष्ण राज पौडेलले पार्टी नीतिलाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरे । त्यसैगरी विशेष अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढ्नुपर्ने औल्याए । यस्तै पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसङ्घर्ष र वर्गसङ्घर्षलाई उठान गर्ने तयारी स्वरूप पार्टी अगाडि बढेको उल्लेख गरे । 

कार्यक्रममा क्रान्तिकारी महिला सङ्गठन जिल्ला संयोजक मुक्तमाया महतों, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका जिल्ला संयोजक बोल्गा नेपाल, पार्टीका प्रदेश सदस्यहरू चुडामणि भण्डारी, रामचन्द्र पोखरेल, सुर्य सापकोटालगायत अतिथि रहेका थिए । सो कार्यक्रममा पार्टीका सह संयोजकद्वय गणेशबहादुर ढकाल, भिम छ्न्याल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक सन्देश सापकोटालगायतले मन्तव्य राखेका थिए । 

उक्त कार्यक्रम नगर संयोजक रामप्रसाद अर्गेजाको अध्यक्षता नगर इन्चार्ज ज्ञानबहादुर केसीको सञ्चालन र गोपबहादुर पौडेलको स्वागतमा भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :