क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) प्रतापपुरबीच एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) प्रतापपुरबीच एकता

नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल प्रतापपुर गाउँ समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) प्रतापपुर गाउँ समिति बीच प्रतापपुर -९ खैरहनीमा एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । 

कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले पार्टी नीतिलाई आत्मसात गर्दै जनतामा जान नेता कार्यकर्तालाई आग्रह गरे । कार्यक्रममा अतिथि पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेय, जिल्ला सहसंयोजकद्वय गणेशबहादुर ढकाल र भिम छ्न्त्यालले जनसंघर्ष र वर्गसङ्घर्षलाई उठान गर्दै प्रतिरोध आन्दोलन उठाउने उल्लेख गरे ।

कार्यक्रममा पार्टीका प्रदेश सल्लाहकार गुणनिधि पोख्रेल, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा जिल्ला संयोजक सन्देश सापकोटालगायतले शुभकामना राखेका थिए । प्रतापपुर गाउँ पालिका संयोजक भोजराज पोखरेलको अध्यक्षता पालिका इन्चार्ज यमबहादुर गुरुङको सञ्चालन र यम नारायण चौधरीको स्वागतमा उक्त कार्यक्रम भएको थियो । 

एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले भोजराज पोखरेलको संयोजकत्वमा ११ सदस्यीय प्रतापपुर गाउँ सङ्गठन समिति निर्वाचित गरेको छ । जसको सहसंयोजकद्वयमा यम नारायण चौधरी र मदन पोखरेल रहेका छन् । जस अन्तर्गत ३ सदस्यीय गाउँ पार्टी कार्यालय र ४ सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :