क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेद्वारा नरैनापुरको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी बाँकेद्वारा नरैनापुरको एकता अधिवेशन सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच बाँकेको नरैनापुर गाउँपालिकाको एकता अधिवेशन २०८१ जेठ २५ गते सम्पन्न भएको छ ।

धनवीर चौधरीको अध्यक्षता, संचालन जिल्ला सहसंयोजक तथा नरैनापुर गाउँपालिकाका इन्चार्ज प्रकाशले गरेका थिए । प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सचिवालय सदस्य तथा ६ नम्बर प्रदेश सह– संयोजक र बाँके जिल्ला इन्चार्ज कमरेड दिपकबहादुर शाही रहेका थिए । कार्यक्रमका अन्य अतिथिहरुमा केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक कमरेड परिवर्तन, केन्द्रीय सदस्य तथा बाँके जिल्ला सह– संयोजक कमरेड कुसल, पार्टी प्रदेश न. ६ सदस्य कमरेड सागर, र विद्यार्थीका जिल्ला अध्यक्ष कमरेड तपेन्द्र चौलागाईं लगायत रहेका थिए ।

उक्त अधिवेशनले कमरेड धनविर चौधरीको संयोजकत्वमा १३ सदस्यीय कमिटी सर्व सम्मत निर्वाचित गरेको छ, निर्वाचित कमरेडहरुलाई शुभकामना दिदै प्रमुख अतिथि कमरेड दिपक शाहीले नेपालको राजनीतिक, आर्थिक, र सामाजिक अवस्था फेर्न यो दलाल संसदीय व्यवस्था फेर्नु पर्छ भन्दै जनवादी व्यवस्था स्थापनाको लागि अब संघर्ष गर्नु पर्ने कुरामा जोड दिए ।

अधिवेशनले ६ वटै वडाको संयोजक पनि तोकेको छ, क्रमस १ वडा लासरि खान, २ वड आयूव खान, ३ वडा शुरेस, ४ वडा डि वि चौधरी ५ वडा रफिक र ६ वडामा तोफिक संयोजक रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :