माओवाद र एकीकृत क्रान्ति

माओले कम्युनिस्ट आन्दोलनलाई दिएका योगदानहरूलाई माओवाद मान्ने की माओ विचारधारा भन्ने बहस नेपालमा मात्र होइन संसारभरि नै छ । क्रान्तिलाई केन्द्रविन्दु बनाएर आफ्नो देशको विशिष्ठताअनुसार क्रान्तिलाई अघि लैजानेक्रममा ‘ माओ विचारधारा’ पदावली माने पनि केही थिएन तर माओ विचारधाराको खोल ओढेर माओको योगदानलाई हत्या गर्ने काम सर्वप्रथम माओको मृत्यु पश्चात् चीनमा तेङ् मण्डलीले ग¥यो । संशोधनवादीहरूले युगको सिद्धान्तलाई तेस्र्याएर ‘ वाद’ हुनुलाई सिङ्गो युगको प्रतिनिधित्व गरेको हुनुपर्दछ भन्दछन् । माक्र्सवाद पुँजीवादी युगको उपज हो, लेनिनवाद साम्राज्यवादी युगको उपज हो तर माओको कुनै युग नै छैन त्यसकारण माओवाद हुन सक्दैन । मुख्य कुरा माक्र्सवाद–लेनिनवाद विज्ञान हो । के विज्ञानलाई युगमा कैद गर्न मिल्छ ? विज्ञानले भन्दछ एउटा युगमा कैयौँ चरणहरू हुन सक्छन् । यदि युगकै कुरा गर्ने हो भने समाज विकासको दृष्टिले साम्राज्यवाद पनि नयाँ युग नभएर पुँजीवादकै उच्चतम मरणासन्न अवस्था हो । यदि युगलाई नै तेस्र्याउने हो भने लेनिनवाद भन्न मिलेन । लेनिनको योगदानलाई लेनिनवाद भन्न मिल्ने तर माओको योगदानलाई माओवाद भन्न किन नमिल्ने ? नेपालमा एमालेजस्ता संशोधनवादी पार्टीले माओका खास कुनै मौलिक खोजहरू छैनन् भनिरहेछन् । माओले दर्शनको क्षेत्रमा, राजनैतिक अर्थशास्त्रको क्षेत्रमा, वैज्ञानिक समाजवादको क्षेत्रमा, सैन्य क्षेत्रमा दिएका योगदान के हुन् ? के ती मौलिक खोज होइनन् ? नेपालमा मोहनविक्रम सिंहले त हतारिएर माओवाद भन्न हुँदैन निरहेछन् । के सत्य कुरा लेख्न, बोल्न र दह्रोसँग समात्न हतारिने रनहतारिने भन्ने कुरा हुन्छ ? वर्ग संघर्षको ऐतिहासिक अनुभव र विकासका क्रममा अन्तर्र ाष्ट्रिय सर्वहारा वर्गको क्रान्तिको विज्ञानको रुपमा माक्र्सवादको अनुसन्धान, खोजबाट १) वैज्ञानिक दर्शन २) राजनीतिक अर्थशास्त्र ३) वैज्ञानिक समाजवाद, तीन प्रमुख अंग पत्ता लगाउनुभयो । यसैलाई हामी माक्र्सवाद भन्दछौं । माक्र्सवाद विज्ञान भएकाले यसको विकास हुनु स्वभाविक प्रकृया हो । माक्र्सवाद दास्रो र तेस्रो चरणमा विकास भयो । जसलाई हामी क्रमशः लेनिनवाद र माओवाद भन्दछौं । विश्व अहिले २१ औं शताब्दीमा प्रवेश गरेको छ । यसका साथै कम्युनिस्ट आन्दोलनले पनि तेस्रो सहस्राव्दी र २१ औं शताव्दीमा प्रवेश गरेको छ । यस अवस्थामा विश्व कम्युनिस्ट आन्दोलनको अवस्था राम्रो छैन । विश्व कम्युनिस्ट आन्दोलन अत्यन्त कमजोर अवस्थामा पुगेको छ । विश्वभरी समाजवादको अन्त भएको छ । समाजवादी व्यवस्था कायम भैसकेका देशहरूमा पुँजीवादी व्यवस्थाको पुनस्थापना भैसकेको छ । विश्व कम्युनिस्ट आन्दोलनले आफ्नो रक्षात्मक अस्थित्वको लडार्इं लड्नु परेको छ । कम्युनिस्ट आन्दोलनलाई यस अस्थाबाट अगाडि बढाउनका लागि संघर्षकै मैदानबाट माक्र्सवादलाई नयाँ चरणमा विकास गर्न अति आवश्यक छ । अर्थात् दर्शनको क्षेत्रमा, राजनीतिक अर्थशास्त्रको क्षेत्रमा, वैज्ञानिक समाजवादको क्षेत्रमा, सैन्य क्षेत्रमा विकास गर्न अति आवश्यक छ । त्यसकारण कम्युनिस्ट आन्दोलनको यस अवस्थालाई मध्यनजर गर्दै माक्र्सवादलाई नयाँ चरणमा विकास गर्नका लागि माओका योगदानलाई माओवाद मान्नु अति नै आवश्यक छ । माओवादको खोलभित्रबाटै नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई संसदीय भासमा लैजाने काम भयो । त्यही संसदीय व्यवस्थाका विरुद्ध बन्दुक उठाउन लगाइयो । हजारौंको अंगभंग, बलिदान भयो, सयौं वेपत्ता भए । ठूलो त्याग तपस्या र बलिदान गरेको माओवादी आन्दोलनलाई संसदीय व्यवस्थामा लगेर विसर्जन गरियो । अब माओवाद मान्नेहरू कुन क्रान्तिकारी, कुन संशोधनवादी भनेर चिन्न नसकिने गरी माकुराको जालो जस्तै गाँजिएर आयो । माओवाद भन्नेहरू दर्जनौं पार्टी बजारमा देखिने र पुन मिलनको नाटक मञ्चन गर्ने क्रम चलिरहेको छ । तसर्थ माओवाद नेपालको सन्दर्भमा संसदवादीले कब्जामा लिएकाले संघर्षकै मैदानबाट दर्शन, राजनीतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद र सैन्य विज्ञानमा एकीकृत जनक्रान्तिको थप विकास र परिमार्जन ग¥यो । तसर्थ ः एकीकृत जनकान्ति आजको विश्वको माक्र्सवाद, लेनिनवाद र माओवाद हो ।

२०७४ असोज १ गते ७ : ४१ मा पप्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :