क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कैलाली : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कैलालीले सोमबार सुखडमा सहिद तथा बेपत्ता परिवारलाई एक कार्यक्रमबीच सम्मान गरेको छ । फागुन १४ देखि २१ गते सम्मको सहिद सप्ताह अन्तर्गतको सम्मान कार्यक्रममा कैलालीबाट सहिद भएका ४७ सहिद परिवारलाई खादा र सम्मान पत्रसहित सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य केशव उपाध्ययले सहिद भनेका सबैका साझा हुने बताउँदै सहिद परिवारलाई सम्मानपूर्वक जिउने अधिकार रहेको बताए । उनले देशको समग्र परिवर्तनका लागि साहदत हुने महान्र सहिद र परिवारजन कुनै पार्टी बिशेषका लागि मात्रै नभई सिङ्गो देशका साझा ब्यक्तित्व भएको भन्दै राज्यका हरेक निकायदेखि विकास निर्माणमा सहिद परिवारको सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।

जनयुद्धको समयमा कैलालीमा साहदत भएका अधिकांश सहिद तथा बेपत्ता योद्धाहरूसँगको स्मरण गर्दै उनले सहयोद्धाहरूका आफन्तजनसँगको भेटघाटले भावुक बनाएको समेत उल्लेख गरे ।

जनयुद्धलाई अपराधीकरण गर्ने प्रयत्न गरिएको प्रति आक्रोश पोख्दै नेता केशवले भने, “जसको बलमा मुलुकमा यो राजनीतिक परिवर्तन आयो अहिले तेसैका बिरुद्ध बिषवमन गर्ने कुरालाई किमार्थ स्वीकार्न सकिँदैन केहि सिमाहरू रहे, कमजोरीहरू रहे त्यसको निर्मम समीक्षा गर्न जरुरी छ हामी सबै पूर्व माओवादी धारहरू समीक्षा गर्दैछौँ । जनयुद्धका उपलब्धी र मुद्दाहरूलाई संस्थागत गर्न सकेको भए यो अवस्था आउने थिएन ।”

महान् जनयुद्धमा सहिदहरूको बलिदानीकै बलमा यो राजनीतिक परिवर्तन भए पनि सहिद वेपत्ता परिवारजनका पिडाहरू सम्बोधन नभएकोमा केही नेताहरूलाई सरकारको नेतृत्व गर्न, सुखसयल जिउनका लागि सहिदहरूको बलिदानी नभएको बताए ।

कार्यक्रममा पार्टीका प्रदेश कमिटी सदस्य भानु, आधार, संकर, जीवन लगायतको उपस्थिति रहेको थियो भने सञ्चालन नगर इन्चार्ज लोकेन्द्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :