कार्यकर्ता नछोडे चर्को मूल्य चुकाउनु पर्नेछः सुदर्शन

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी, पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले वक्तव्य जारी गर्दै आफ्ना कार्यकर्तालाई विनाशर्त नछोडे दलाल सरकारले चर्को मूल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । शनिबार साँझ जारी वक्तव्यको पूर्णपाठ– नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको स्थानीय तहको चुनाव खारेजी अभियान सञ्चालन गरिरहेको सर्वविदितै छ । तेस्रो चरणको २ नम्बर प्रदेशको चुनाव देश र जनताको निम्ति औचित्यपूर्ण नरहेको भन्दै हिडेका हाम्रो पार्टीका दर्जनौं नेताकार्यकर्तालाई गिरफ्तार गरेको घटनाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । त्यसक्रममा केन्द्रीय सदस्य देवनारायण शाह, अखिल नेपाल भूमिहिन सुकुमबासी संघका केन्द्रीय उपाध्यक्ष तथा महोत्तरी जिल्ला सदस्य मोहमद सहनीलाई गिरफ्तार गरेको छ भने १० जनालाई त्यस अघिनै पक्राउ गरेको छ । हाम्रो पार्टी केन्द्रीय सदस्य देवनारायण शाहलगायत २४ जनाको गिरफ्तारीको भत्र्सना गर्दछ । उनीहरुलाई विनाशर्त तत्काल रिहा नगरिएमा चर्को मूल्य चुकाउनु पर्ने चेतावनी पनि दिन चाहन्छौँ ।

२०७४ भदौ ३१ गते अपरान्ह ६ः४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :