थबाङबाट बहिस्कृत भएर फर्के प्रचण्ड

काठमाडौंः पूर्व प्रम दाहाल १८ मिनेट मात्र बसेर गाउँपरिषद्को उद्घाटन गरेर थबाङबाट फर्केका छन् । प्रचण्डको साथमा कृष्णबहादुर महरा र जोगबहादुर बुढा थिए । प्रचण्डको सभामा कुरेलीबाट २० जना र उवाबाट १५ जना रोल्पाली सहभागी रहेको स्थानीय रेशम शाहले बताएका छन् । प्रचण्डले निरास मुद्रामा ‘सहिद मार्ग र थबाङमा ढुङ्गा आफैंले छापेको, अपहरण गर्ने र अपहरित हुने पनि हाम्रै हुन् र आफ्नैलाई अपहरण गर्नु राम्रो भएन’ तीन कुरा गरेर फर्केका छन् । थबाङका बासिन्दा कोही पनि सहभागी नभएको, नाम मात्रको सभामा सुरक्षाकर्मी मात्रै देखिएको स्थानीय रमेश शाहले बताएका छन् । गाउँपालिका भवनको प्राङ्गणमा भएको इतिहासकै दयनीय सभापछि प्रचण्ड रुकुमतर्फ लागेका थिए ।

२०७४ भदौ ३१ गते अपरान्ह ६ः२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :