युवा र विद्यार्थीको संयुक्त भेला सम्पन्न

दाेलखाः नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन रास्ट्रिय युवा जनस्वयंसेवक र पार्टी निकट भातृ संगठन अनेरास्ववियु (क्रान्तिकारी) दोलखाको संयुक्त भेला सम्पन्न भएको छ । सदरमुकाम चरिकोटस्थित कालिन्चोक उमाविमा शनिबार सम्पन्न उक्त भेलाले युवा संगठनमा सोमको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति र अनेरास्ववियु (क्रान्तिकारी) मा राजकुमारको अध्यक्षमा १५ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । भेलामा नेकपाका केन्द्रीय सदस्य तथा पूर्वी ताम्सालिङ ब्युरो इन्चार्ज जगत, युवाका ब्युरो संयोजक प्रखर, विद्यार्थीका ब्युरो संयोजक टंक, जिल्ला पार्टी दोलखा इन्चार्ज यादवलगायत अथितिहरुको सहभागिता रहेको थियो ।

२०७४ भदौ ३१ गते अपरान्ह ६ः४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :