क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दले

क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दले

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालकाे सहायक सङ्गठन क्रान्तिकारी युवा सङ्गठनले दुग्ध विकास संस्थानका भ्रष्ट महाप्रबन्धक सञ्जीव झालाई कालाेमाेसाे दलेकाे छ । क्रान्तिकारी युवाहरूकाे एउटा टाेलीले झाकै कार्यकक्षमा कालाेमाेसाे दलेकाे हाे ।

क्रान्तिकारी युवा सङ्गठनले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले, डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेकोले, किसानबाट सङ्कलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेकोले, महाप्रबन्धकको नियुक्ति लिएको पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरी ९७ करोड संस्थान घाटामा लगेको आदि ६ बुँदे कारण देखाउँदै कालाेमाेसाे दलेकाे जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :