क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

क्रान्तिकारी कम्युनिस्ट पार्टीले घोराहीमा २९ औँ जनयुद्ध दिवस मनाइयो

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दाङ्गको घोराहीमा फागुन १ गते गरिएको आयोजनामा २९ औँ जनयुद्ध दिवस मनाइएको छ । घोराहीको ट्राफिक चोकबाट र्यालीसहित जनयुद्धकालीन झझल्को दिने खालको नाराबाजी गर्दै जुलुसले नगर परिक्रमा गरि जुलुस तुल्सीपुर चोकमा पुगेर सभामा परिणत भएको थियो ।

सभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा पाँच नम्बर प्रदेश संयोजक अटलले २०५२ फागुन १ गते एकात्मक सामान्ती राजतन्त्रात्मक राज्य व्यवस्थाको अन्त्य गरि नयाँ जनवादको स्थापनासहित वैज्ञानिक समाजवादको लक्ष्यमा नपुग्दै मुख्य नेतृत्वले गलत बाटो अबलम्बन गर्न पुगेकाले संसदीय भासमा फसेको, सत्ता र कुर्चीका लागि बैदेशिक शक्ति केन्द्रहरूको चाकडी गरेर बिभिन्न राष्ट्रघाती सम्झौता सदनबाट पास गराउन भूमिका खेलेका कारणले कम्युनिस्ट पार्टीप्रति जनतामा निराशा र आक्रोस बढेको, जनताको अपेक्षा अनुसार राज्य व्यबस्था चल्न नसकेको कुरा राख्दै दलालहरूलाई ठेगान लगाउन क्रान्तिकारी जनता सचेतापूर्वक जाग्नुपर्ने धारणा राखे ।

त्यसैगरी अर्का वक्ता पार्टीका केन्द्रीय सचिवालय सदस्य, पाँच नम्बर प्रदेश सह(संयोजक तथा दाङ्ग जिल्ला इन्चार्ज समिरले नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्ष हजारौँ सहिदहरूको शहादत हजारौँ बेपत्ता योद्धाहरू र घाइते अपाङ्गहरूको त्यागबाट प्राप्त उपलब्धिहरूलाई रक्षा गर्दै जनयुद्धमा पराजित संसद्‌वादी शक्तिहरूले जनयुद्धलाई अपराधिकरण गर्न र उपलब्धिलाई न्युनिकरण गर्न खोजे, अदालतको बलमा प्रतिशोध साध्न खोजे फेरि जनताले बन्दुक उठाउने र त्यसको नेतृत्व क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले गर्ने र आवश्यक परे फेरि पनि बलिदान गर्न तयार रहेको कुरा राख्दै जनतालाई निराश नहुन आग्रहसमेत गरे ।

कार्यक्रममा थारू राष्ट्रिय मुक्तिमोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामजी चौधरी, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिवालय सदस्य दिपक बिष्ट लगायतले मन्तब्य राखेका थिए ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल दाङका संयोजक तिलक बिकको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सचिवालय सदस्य इश्वरीप्रसाद गैरेले स्वागत तथा सचिवालय सदस्य गोपाल बैद्यले कार्यक्रम सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :