कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तुमा २९ औँ जनयुद्ध दिवस मनाइयो

कपिलबस्तु : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कपिलबस्तुले २९ औँ जनयुद्ध दिवस कार्यक्रम मनाएको छ । फागुन १ गते (मङ्गलबार) कपिलबस्तु जिल्ला सङ्गठन समितिले बाणगंगा – ३ राजापानीमा एक कार्यक्रमको आयोजना गरेर २९ औँ जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा पार्टीका केन्द्रीय सल्लाहकार पिताम्बर आचार्यले जनयुद्धको औचित्य माथि प्रकाश पारेको जिल्ला इचार्ज शेरमानले जानकारी गराए ।

पार्टीका जिल्ला संयोजक कमल उप्रेतीको अध्यक्षता र सङ्घर्षको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :