क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा २९ औँ जनयुद्ध दिवसको उपलक्ष्यमा दिपावली

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल भक्तपुरले २९ औँ जनयुद्ध दिवस भक्तपुरको पाँचतले मन्दिर अगाडि तौमढी चोकमा भब्य रूपमा सम्पन्न गरेकोछ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला इन्चार्ज सारदले २०५२ फागुन १ गतेबाट सुरूभएको जनयुद्ध नेतृत्वको गद्दारीको कारण १० वर्ष लड्दा पनि पुर्ण रूपमा सफल हुन सकेन सहिद, बेपत्ता, घाइतेरअपाङ्ग र माहान् जनयुद्धप्रति धोका भयो र जनतालाई शोषण गर्ने देशलाई कङ्गाल र पराधिन बनाउने व्यवस्था लोकतान्त्रिक बुर्जुवा गणतन्त्र दलाल पुँजीवादी संसदीय व्यवस्था थोपरेर जनतालाई लुटिरहेका छन् । गाउँगाउँमा सिंह दरवार भन्नेहरू आज गरिबको झुप्रो झुप्रोमा भ्रष्टाचार पुर्याए । यसको विरुद्ध वामपन्थी लोकतान्त्रिक देशभक्त शक्तिहरू एक भएर लड्ने र यो व्यवस्था फालेर जनताको जनवादी व्यवस्था स्थापना गर्ने आजको यो दिनमा प्रण गर्नु साँचो अर्थमा आजको जनयुद्ध दिवसको शुभकामना हुने बताउँदै देश बिदेशमा बस्नुहुने सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना दिए ।

त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला संयोजक रोजनले कार्यक्रम सञ्चालन गर्दै भने, जनयुद्ध दिवस मनाउँन साँचो अर्थमा त्यतिखेर मात्र सहि हुन्छ जतिखेर क्रान्ति सम्पन्न हुन्छ । त्यसकारण जनयुद्धबाट पाएको उपलब्धीको रक्षा गर्दै अधुरो रहेको क्रान्ति पूरा गर्न अर्को अन्तिम युद्ध, अर्को जनयुद्ध लड्न जरुरी रहेको र त्यसको निम्ति क्रान्तिकारीहरू देशभक्त, वामपन्थी, बुद्धिजीवीहरू एकताबद्ध भएर यो दलाल नोकरशाही संसदीय पुँजीवादी व्यवस्थाको अन्त्य गर्ने र नयाँ जनवादी व्यवस्थाको कार्यभार पूरा गर्दै वैज्ञानिक समाजवादी व्यवस्थामा जानको निम्ति जनसंविधान घोषणा गरेर मुलुकलाई अग्रगमनको दिशामा लान पार्टीले अस्थायी संयुक्त सरकारको नारा अघि सारेको बताए । त्यसैगरी सहसंयोजक श्रीकृष्णले १७ हजार नेपाली जनताको छोराछोरीले बलिदान दिएर ल्याएको व्यवस्था जनताको व्यवस्था बन्न सकेन गरिव झनझन गरिव र धनी झनझन धनी हुँदै असमानताको खाडल बढेर गएकोले धनी गरिव बराबर हुने, समान अवसर पाउने व्यवस्था जनताको जनवादी व्यवस्था ल्याउन क्रान्तिकारीहरू एक ढिक्का हुन आह्वान् गर्दै २९ औँ  जनयुद्ध दिवसको उपलक्ष्यमा  सबैलाई शुभकामना दिए ।

अन्त्यमा कार्यक्रम सञ्चालक रोजनले २९ औँ जनयुद्ध दिवसको अवसरमा सबैलाई शुभकामना दिँदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रम समापन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :