पूर्ण गुरुङलाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

पूर्ण गुरुङलाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका महाधिवेशन आयोजक समिति सदस्य पूर्ण गुरुङल ई बागलुङ जिल्ला प्रशासनले यही १७ गते बेलुकीपख उहाँकै घरबाट गिरफ्तार गरेको भन्दै पार्टीको महाधिवेशन आयोजक समितिले वक्तव्य निकालेर उहाँलाई विनाशर्त तत्काल रिहाइको लागि जोडदार माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले शुक्रबार एक वक्तव्य जारी गरी यस्तो माग गरेका हुन् ।

वक्तव्यमा भनिएको छ, “एकजना भ्रष्ट स्वास्थ्य अधिकृतमाथि स्थानीय जनताले गरेको स्वतस्फूर्त कारवाहीलाई निहुँ बनाएर गरिएको उहाँको गिरफ्तारी पूर्वाग्रहपूर्ण छ । हाम्रो पार्टी यो अन्यायपूर्ण गिरफ्तारीको तीव्र विरोध गर्दछ र उहाँलाई तत्काल बिनासर्त रिहाइगर्न माग गर्दछ ।”

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :