युवाको दाङ सम्मेलन सम्पन्न / अध्यक्षमा विरेन्द्र विक

जानकी दहित /  दाङ : “दलाल, भ्रष्टाचार, कमिसनखोर र राष्ट्रघातका विरुद्ध युवा आन्दोलन, वैज्ञानिक समाजवाद स्थापनाका लागि दोस्रो सम्मेलन’’ मूल नाराका साथ शुक्रबार राष्ट्रिय युवा जनस्वयमसेवक दाङको उद्घाटन सभा जुलुशसहित सम्पन्न गरेको छ । तुलसीपुरको अरनिको मैदान अगाडिदेखि सुरू भएको सयौं युवाहरुको जुलुशले बजारका विभिन्न स्थानको परिक्रमा गर्दै पुनः अरनिको मैदान अगाडि सभामा परिणत भएको थियो ।

उदघाटन सभालाई सम्बनेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोला ‘कञ्चन’ले नेपाली समाजलाई विश्वको सभ्य र समृद्ध समाजमा लैजानका लागि आफूहरुले नेपाल कम्युनिस्ट पार्टीको झण्डा उठाएको बताउनुभयो । सहिदहरुको रगतले लतपतिएको रातो झण्डा नेपाली जनताको मुक्ति, प्रगति, स्वाधीनता र देशको उन्नति समृद्धिका लागि उठाएकाले त्यो लक्ष्य पूरा गरि छाड्ने अठोट व्यक्त गर्नुभयो ।

राष्ट्रिय युवा जनस्वयम्सेवका केन्द्रीय सदस्य तिलक योेगीको अध्यक्षतामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इञ्चार्ज शितल, सहिद तथा बेपत्ता परिवारका केन्द्रीय सदस्य रामबहादुर सुन्दर, अखिल नेपाल शिक्षक संगठनका राप्ती संयोजक नारायण भण्डारी, अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष जानकी चौधरी, अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य हेमन्त जि.सिलगायतले सम्मेलनको शुभकामना राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय युवा जनस्वयंसेवकका जिल्ला संयोजक बिरेन्द्र विकले गर्नु भएको थियो ।

सम्मेलनबाट विरेन्द्र विकको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित भएका छन् । 

२०७४ भदौ ३१ गते ९  : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :