प्रहरी घेराबन्दीमा थबाङ

काठमाडाैं : १० वर्षको जनयुद्धको अन्त्य र शान्ति प्रक्रिया शुरू भएपछि रोल्पाको चर्चित उत्तरी हिमाली गाउँ थबाङ फेरि भदौ ३० गतेदेखी प्रहरी घेराबन्दीेमा छ । थबाङ गाउँपालिकालाई बीचमा पारेर चारैतिरबाट शसस्त्र र जनपद प्रहरीले सो गापालाई घेराकस्दै खानतलासी गर्दै गएका छन् । शुक्रबार बिहान ८ बजे नेकपाका राप्ती ब्युरो इञ्चार्ज केशबहादुर बाठामगर ‘सुभास’सहित दर्जनौं व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । शुक्रबार अपरान्ह काठमाडौंबाट वायुयानमा विशेष सुरक्षा बल थबाङ उतारेपछि थबाङवासीहरु थप त्रसित बनेका छन् । रोल्पा प्रहरीले गापा अध्यक्ष वीरबहादुर घर्तीमगरको खोजीको लागि स्थल र हवाइगस्ती तीव्र पारेको बताएको छ ।
२०७४ भदौ ३१ गते ८ : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :