युवा संगठनको झापा जिल्ला भेला सम्पन्न

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकको झापा जिल्ला भेला सम्पन्न भएको छ । कन्काई नपा, सुरुङ्गामा शुक्रबार सम्पन्न भएको भेलाले ताराबहादुर थापा ‘प्रशान्त’ को संयोजकत्वमा ११ सदस्यीय सम्मेलन आयोजक समिति चयन गरेको छ । कार्यक्रममा राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रीय महासचिव विवश राई प्रमुख अथिति, नेकपाका केन्द्रीय सदस्य तथा मेची ब्युरो इन्चार्ज ‘सुमन’ विशेष अतिथि रहनुभएको थियो भने जिल्ला इन्चार्ज कृष्ण अधिकारी ‘उमेश’ लगायतको उपस्थिति रहेको थियो । त्यसैगरी राष्ट्रिय युवा जनस्वयम्सेवकका केन्द्रीय महासचिव विवश राईको प्रमुख आतिथ्यतामा मोरङ जिल्ला सम्मेलन आज विराटनगरमा उद्घाटन हुने कार्यक्रम रहेको छ ।

२०७४ भदौ ३१ गते ८ः१३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :