क्रान्तिकारीको कास्की सम्मेलन

रमाकान्त बास्तोला / पोखरा :  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २१ औं कास्की जिल्ला सम्मेलनको उद्घाटन शुक्रबार पोखरामा सम्पन्न भएको छ । पार्टीका राजनीतिक समिति सदस्य ओमप्रकाश पुनको प्रमुख अतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम पोखराको पृथ्वीनारायण क्याम्पसद्वारदेखि निकालिएको जुलुस जिल्ला प्रहरी कार्र्यालय हुँदै जिप्रकाको आँगनमै रहेको उद्योग बाणिज्य संघको सभाकक्षमा पुगेर सभामा परिणत भएको थियो । कार्यक्रमको अतिथिहरुमा पार्टीका गण्डक ब्युरो इञ्चार्ज साबित्रा दुरा ‘आस्था’, बिद्यार्थी सङठनका प्रतिनिधिसहित जनवर्गीय संठनका प्रतिनिधि साथै अखिल (क्रान्तीकारी)का केन्द्रीय अध्यक्ष पुर्ण सिंहलगायतको उपस्थिती रहेको थियो ।
२०७४ भदौ ३० गते साँझ ७ १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :