जापानको आकासमा कोरिया

काठमाडौंः जापानको आकासमा पटक–पटक उत्तर कोरियाले हस्तक्षेप गर्दै आएको छ । तर जापान त्यसको जवाफ दिन असक्षम देखिएको छ । ‘हामी कमजोर भएको कुनै समय जापान हाम्रो भूमिमा आएर लुटपाट, हत्या र बलात्कार गरेको थियो । आज हामी उसको आकासमा जानु के नै अपराध भयो र !’ उत्तरकोरियाली अधिकारीहरु भन्ने गर्छन् । उत्तरको यो हस्तक्षेप जापानभन्दा अमेरिकाका लागि प्रतिष्ठाको विषय बनेको छ । किनकी सन् १९४५ पछि जापानमा अमेरिकी फौजको सैन्य अखडा छ र जापानको बाह्य सुरक्षा अमेरिकाले हेर्ने गर्छ । मंगलबार जापान र अमेरिकाको पहलमा उत्तर कोरियाको मुख्य आम्दानी कच्चा तेल र तयारी पोशाक निर्यातमा संयुक्त राष्ट्र संघले नयाँ प्रतिबन्ध लगाएपछि कोरिया थप क्रुद्ध भएको छ । उत्तरले जापानलाई ‘समुद्रमा डुबाइदिने’ र अमेरिकालाई ‘खरानी पार्ने’ घम्की दिएको छ । उत्तरकोरियाले अमेरिकाको पिछलग्गु भएको भन्दै संयुक्तराष्ट्र संघको विघटनको मागसमेत गरेको छ ।

२०७४ भदौ ३० गते अपरान्ह ६ः५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :