नेकपाले जनकारबाहीलाई तीव्र बनाउँदै

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीले जनकारबाहीलाई तीव्र पारेको बेला शुक्रबार नेकपा निकट अखिल (क्रान्तिकारी) नुवाकोटले दुप्चेश्वर गाउँपालिकास्थित इन्द्रेणी प्रावि घ्याङफेदी ६, सिसिपुका शिक्षक रामकृष्ण श्रेष्ठलाई कालोमोसो दलेको छ । विद्यालयमा नगई घरमै बसेर तलव र अन्य सुविधा खाएर राज्य कोषको दुरुपयोग गरेको, चेलीबेटी बेचबिखनमा संलग्न रहेकोले चेतावनी स्वरुप कालोमोसो दलेको अखिल (क्रान्तिकारी) नुवाकोटका अध्यक्ष प्रपोजलद्वारा जारी गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै नवलपरासी जनपरिषदले बिहीबार मालपोत अधिकृत खगेन्द्रराज घिमिरेकै कार्यकक्षमा गएर कालोमोसो दलेको थियो ।

स्थानीयको व्यापक मात्रामा गुनासो र उजुरी आएपछि कारबाही गरिएको जनपरिषदद्वारा उल्लेख गरिएको छ । कालोमोसो दलेपछि घिमिरे विरुद्ध नाराबाजी गर्दै जनपरिषदका कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
२०७४ भदौ ३० गते १६ : ४४ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :