डा. बाबुराम भट्टराई पनि कोसी उच्चबाँधको विरुद्ध उभिए

काठमाडौंः नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई कोसी उच्चबाँधको विपक्षमा उभिएका छन् । बिहीबार धरानमा आयोजित आन्तरिक पार्टी प्रशिक्षण कार्यक्रममा भट्टराईले कोसी उच्चबाँधले नेपालको हित नगर्ने बताएका हुन् । सो बाँधका कारण भारतलाई फाइदैफाइदा हुने तर नेपाललाई क्षति हुने जिकिर गर्दै कोसी उच्च बाँधको सशक्त विरोध गर्नुपर्ने बताए । अनपेक्षित रुपमा भट्टराईले सो बाँध सम्बन्धी दुई पक्षीय सहमति भारतको ठाडो हस्तक्षेप पनि भनेका छन् । विप्लव नेतृत्वको नेकपापछि कोसी उच्चबाँधको विरोध गर्ने लहरमा पछिल्लो पटक नयाँ शक्ति पार्टी पनि थपिएको छ । यस अघि नेकपा (क्रामा) र नेकपा (मसाल) ले सो सहमतिको विरोध गरिसकेका छन् ।

२०७४ भदौ ३० गते अपरान्ह २ः४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :