सिरहामा मशाल जुलुस

सिरहाः चुनाव खारेजी अभियान तीव्र पारिरहेको नेकपाले सिरहा जिल्लाको मिर्चैया नपामा बिहीबार साँझ मसाल जुलुश प्रदर्शन गरेको छ । मसाल जुलुस प्रदर्शनको क्रममाः स्थानीय चुनाव–खारेज गरौं, देउवा–मोदी सहमति खारेज गर, दलाल सत्ता मूर्दावाद ! लगायत नारा लगाएका थिए । प्रहरी र सेनाको कडा निगरानीबीच नगरपालिकाभित्रै चुनावको विरुद्ध मसाल जुलुश प्रदर्शन भएको घटनाले सुरक्षा व्यवस्थालाई कडा चुनौति दिएको छ ।

२०७४ भदौ ३० गते १ः४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :