निर्वाचन क्षेत्रका विभिन्न स्थानमा बम विष्फोट

सुदर्शनराज पाण्डे/विरगञ्जः पर्सा जिल्लाका विभिन्न स्थानमा बम विष्फोटका घटनाहरु भएका छन् । विरगञ्ज मनपा–८ मा बिहीबार बम विष्फोट भएको छ, त्यस्तै विश्रामपुर र विन्धबासिनी गापा २, गर्दौल बुथकेन्द्रमा समेत बिहिबार राती बम विष्फोट भएको छ । विश्रामपुरमा बुधबार पनि विष्फोट भएको थियो । बिहीबारनै सप्तरी, सप्तकोसी नगरपालिका गंगाजली मतदान केन्द्रमा साँझ ७ बजे शक्तिशाली विष्फोट भएको छ । बुथ केन्द्रमा कोही नभएको हुँदा मानवीय क्षति भने भएको छैन । घटनाको जिम्मा कसैले नलिए पनि प्रहरीले चुनाव खारेज अभियानमा सक्रिय रहेको नेकपाप्रति आशंका गरेको छ । 

२०७४ भदौ ३० गते १२ः५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :