नेकपाका दर्जनौं कार्यकर्ता पक्राउ

विरगञ्ज सम्बाददाताः ढिलोगरी प्राप्त समाचारअनुसार सर्लाही, बागमती नपा शंकरपुर निवासी मोहन सहनीलाई सर्लाही प्रहरीले बुधबार राती २ बजे घरबाट गिरफ्तार गरेको छ । सहनी नेकपाका जिल्ला स्तरीय नेता र नेकपा निकट सुकुमबासी संगठनका केन्द्रीय उपाध्यक्षसमेत हुन् । त्यसैगरी सोही स्थानबाट स्थानीय कार्यकर्ता रामबहादुर खत्रीलाई पनि गिरफ्तार गरिएको छ । नेकपा सर्लाही इञ्चार्ज कमल सुसलिङले प्रहरी ज्यादतीको भत्र्सना गरेका छन् । उता सांस्कृतिक मोर्चाका नारायणी स्तरीय नेता तथा पर्साका जिल्ला नेता पारस ठाकुर, कार्यकर्ता रञ्जितलगायत ३ जनालई विरुवागुठी नजिक मिलनचोकबाट बिहिबार ५ बजे पक्राउ गरेको छ । उता बारा जिल्लाको फेटा गापाबाट बुधबार ५ जना पक्राउ गरेको समाचार ढिलोगरी प्राप्त भएको छ । नेकपा बाराले घटनाको निन्दा गर्दै तत्काल रिहा गर्न मागसमेत गरेको छ ।

२०७४ भदौ ३० गते १२ः४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :