विप्लव समूह डोल्पामा विद्रोह

विप्लव समूह डोल्पामा विद्रोह

डोल्पा: नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा डोल्पा जिल्ला समितिले विद्रोह गरेको छ । जिल्ला सचिवालय सदःयहरू दन्तबहादुर परियार ‘विराट’, अर्जुन वली ‘टाइगर’, रमेश रोकाया ‘सन्जाल’, कर्मकुमारी विक ‘सपना’, ललिता रोकाया ‘विद्या’ २५ भन्दा बढी नेता–कार्यकर्ताले एकसाथ विद्रोहको झन्डा उठाएर क्रान्तिकारी कम्युनिःट पार्टीमा ध्रुवीकृत र एकताबद्ध भएको घोषणा गरेका छन् ।
संयुक्त रूपमा जारी विज्ञप्तिमा भनिएको छ, ‘कम्युनिःट पार्टी भनेको मजदुर, किसान र उत्पीडित समुदायको राजनीतिक अग्रदःता हो । कम्युनिःट पार्टीको उद्देश्य र लक्ष्य सामन्त, नोकरशाह, पुँजीपति वर्ग र मूलतः त्यसले अवलम्बन गरेको विचारको अन्त्य र सर्वहारा जनवाद, वैज्ञानिक समाजवाद र अन्ततः साम्यवाद ःथापना एवम् त्यसप्रकारको विचारद्वारा मानव जाति र प्रकृतिको सेवा गर्नुमा समर्पित र प्रतिबद्ध हुन्छ । त्यही महान् उद्देश्य र कार्यभारसहित हामी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिःट पार्टीभित्र सङ्घर्षरत थियौँ । परन्तु हाम्रो कठोर सङ्घर्षद्वारा जन्मिएको पार्टी र त्यसको नेतृत्व कम्युनिःट लक्ष्य र उद्देश्यबाट पतन भएको छ र संसद्वाद, दलाल पुँजीवाद र साम्राज्यवादको चाकडी गर्न पुगेको छ ।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘पार्टी र नेतृत्वको यसप्रकारको वैचारिक पतनका विरुद्ध हामी तपसिलका २५ जना कमरेडले विद्रोहको झन्डा उठाउने साहस गरेका छौँ ।’
उक्त विद्रोहसँगै सम्पूर्ण विद्रोही नेता–कार्यकर्ता क्रान्तिकारी कम्युनिःट पार्टी नेपालमा ध्रुवीकृत र एकताबद्ध भएको घोषणा गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यससँगै हामी क्रान्तिको उल्लिखित उद्देश्य र कार्यभार सम्पन्न गर्न मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिःट पार्टी नेपालमा ध्रुवीकृत र एकताबद्ध भएको सगौरव घोषणा गर्दछौँ । यस प्रक्रियामा सहभागी बन्न सम्पूर्ण कम्युनिःट क्रान्तिकारी, देशभक्त एवम् शोषित–उत्पीडित समुदायमा हार्दिक आह्वान र अपिल गर्दछौँ ।’
यससँगै क्रान्तिकारी कम्युनिःट पार्टी नेपाल महाधिवेशन आयोजक समिति सदःय एवम् डोल्पा जिल्ला इन्चार्ज तेजविक्रम शाहीले ध्रुवीकरणमा सामेल सम्पूर्ण नेता–कार्यकर्तालाई ःवागत गर्न यसै साता विशेष कार्यक्रम आयोजना गर्ने उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :