भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर नगर पार्टीको एकता अधिवेशन तथा बैठक सम्पन्न

भक्तपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुर नगर पार्टी समितिको एकता अधिवेशन, बैठक तथा प्रशिक्षण सम्पन्न भएको छ ।
नगर एकता अधिवेशन, बैठक तथा प्रशिक्षणमा प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य तथा भक्तपुर जिल्ला इन्चार्ज शारदा, विशेष अतिथि केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला संयोजक रोजन, अतिथि सहसंयोजक श्रीकृष्ण सुलुलगायत क्रान्तिकारी युवा सङ्गठन नेपालको जिल्ला संयोजक राजु लोलालगायतको आतिथ्य रहेको थियो । एकता अधिवेशन नगर इन्चार्ज रामहरि गनेजुको अध्यक्षतामा समन्न भएको जनाइएको छ ।
उक्त अधिवेशनले मदन लामाको संयोजकत्वमा १५ सदस्यीय नगर सङ्गठन समिति निर्माण गरेको छ । एकता अधिवेशनलाई शुभकामना दिँदै प्रमुख अतिथि शारदाले राजनीतिक, वैचारिक रूपमा प्रशिक्षणात्मक भनाइ राखेकी थिइन् । जिल्ला संयोजक रोजनले वैचारिक–राजनीतिक–सङ्गठनात्मक तथा सङ्घर्षको कार्यक्रमबारे धारणा राखे ।
सहसंयोजक श्रीकृष्ण सुलुले यो दलाल सत्ताको नीतिगत भ्रष्टाचारका विरुद्ध सङ्गठित भएर क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्वमा सङ्घर्ष गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :