प्रथम विश्व युद्धका दौरान लेनिनद्वारा विकसित क्रान्तिकारी कार्यविधिबारे

प्रथम विश्व युद्धका दौरान लेनिनद्वारा विकसित क्रान्तिकारी कार्यविधिबारे

शताब्दीयौँँको मोडबाट साम्राज्यवादको उदयसँगै उपनीवेशहरूको बाँडफाँडका लागि साम्राज्यवादी शक्तिहरूद्वारा युद्धहरूलाई निम्ताउने काम गरियो । एउटा उदाहरणका रूपमा रसियन–जापनिज युद्धलाई लिन सकिन्छ । रसियन–जापनिज युद्ध किन भयो ? किनभने दुवै रसिया र जापानले उत्तर चीन र कोरियामा रहेको मज्चुरियामाथि नियन्त्रण गर्न चाहन्थे । त्यही खालका युद्धहरू विश्वका विभिन्न भागहरूमा उपनिवेशहरूलाई हडप्ने र पुनः हडप्नका लागि फैलिन सुरू भए । यसरी उपनिवेशवाद र युद्धको प्रश्नहरूमा सहि क्रान्तिकारी कार्यविधि लागू गर्न अन्तर्राष्ट्रिय सर्वहारा आन्दोलनका लागि सङ्कटपूर्ण तर महत्वको हुन गयो ।

यो उल्लेखित घटनाहरु त्यससमयमा भए, जुन समय दोस्रो अन्तर्राष्ट्रियको काँङ्ग्रेसको पहिलो शिविर चलिरहेको थियो । अवसरवाद त्यसबेलासम्म, दोस्रो अन्तर्राष्ट्रियका पार्टीहरूभित्र एकदमै घनीभूतरूपले फैलिसकेको थियो । साम्राज्यवादी देशहरूमा रहेका पार्टीहरूका घेरै नेतृत्वदायी पक्षहरूले वास्तवमा घेरै निर्णायक राजनीतिक प्रश्नहरूमाथि पुँजीपतिहरूको दृष्टिकोण अपनाएका थिए । १९०७ को दोस्रो अन्तर्राष्ट्रियको काँङ्ग्रेसमा यो स्पष्टसित देखियो जहाँ उपनिवेशवाद र युद्धको प्रश्नलाई पहिलो पटक बहसमा लिइएको थियो ।

उपनिवेशवादको प्रश्नमा, काँङ्ग्रेसको नेतृत्वदायी संस्था–काँङ्ग्रेस कमिसनले उपनिवेश सम्बन्धी नीतिमा एउटा प्रस्ताव पास गर्यो र यसलाई साधारण सभामा स्वीकृतिका लागि पेश गरियो । यो प्रस्तावले नामका लागि मात्रै पुँजीपतिको उपनिवेश नीतिलाई आलोचना गर्दैगर्दा उपनिवेश हडप्ने सिद्धान्तलाई पूर्ण रूपले इन्कार गरेन । वास्तवमा त्यसबारे यसले तर्क गर्यो कि एउटा समाजवादी शासन अन्तरगत उपनिवेशहरू हडप्नलाई ‘सभ्यताको चाहनाहरू’ मा गर्न सकिन्थ्यो । यी तथाकथित मार्क्सवादीहरूको एउटा खुल्ला साम्राज्यवादी कार्यविधि जनरल बोडि र प्रस्तावमा क्रान्तिकारीहरूद्वारा जबरजस्त विरोध गरियो तर अन्त्यमा पराजित गरियो, तर केवल सानो अन्तरले मात्रै १२७ मा १०८ भोटले ।

नेतृत्वको यहि खालको अवसरवाद युद्धको प्रश्नमा लिएको अडानको सवालमा देखिएको थियो । बेबेल, एक जना जानेमाने नेता र माक्र्स र एङ्गेल्सका एकजना नजिकका अनुयायी र एशोसियटले यो प्रस्ताव तयार पारेका थिए । प्रस्ताव यद्धपि युद्धको घटनामा सदस्यहरूद्वारा लिइने कामको कोर्ष अथवा कुनै निर्दिष्ट दिशाविना छाडिएको थियो । यो फेरी क्रान्तिकारीहरूद्वारा–खासगरी जर्मनीकी रोजा लक्जमवर्ग र लेनिनद्वारा कडाइँकासाथ विरोध गरिएको थियो । तिनीहरूले फेरी संशोधनको प्रस्ताव पेश गरे जसले युद्धबाट रक्षा गर्नका लागि लड्न, यदि सुरू भइहाल्यो भने युद्धको अन्त्यका लागि लड्न, र युद्ध भइहालेमा जनतालाई उठाउन र क्रान्ति ल्याउनका लागि आर्थिक र राजनीतिक सङ्कटको पूरा प्रयोग गर्न अन्तर्राष्ट्रियका सदस्यहरूलाई एउटा स्पष्ट दिशा दियो । यो मार्क्सले पहिले नै स्पष्ट रूपमा स्थापित गरिसकेको ‘युद्धमा क्रान्तिकारी सर्वहारा कार्यविधि’ को एउटा निरन्तरता थियो । अवसरवादीहरूले खुल्ला रूपले यो बुझाइको विरोध गर्न नसकेकोले, यो प्रस्ताव काँङ्ग्रेसद्वारा पास गरियो । जब युद्धको खतरा नजिकिँदै आयो अन्तर्राष्ट्रियका १९१० र १९१२ का काँङ्ग्रेसहरूले फेरी छलफल गरे र युद्ध सम्बन्धी प्रस्तावहरू लागू गरे । तिनीहरूले निर्णय गरे कि संसद्‌मा सबै समाजवादीहरूले युद्ध प्रशंसाका विरूद्ध भोट हाल्नु पर्दछ । तिनीहरूले लक्जमवर्ग र लेनिनद्वारा १९०७ मा पेश गरिएको संशोधन प्रस्तावका शब्दहरू उनीहरूका प्रस्तावहरूमा पनि दोहोरिएको थियो । यद्धपि दोस्रो अन्तर्राष्ट्रियमाथिको अवसरवादको कब्जा यति बलियो थियो कि बहुसङ्ख्यक नेताहरू जसले यी प्रस्तावहरू पारित गरेका थिए, यी निर्णयहरूद्वारा बाँधिने मनसाय पुरै थिएन । यो देखियो जब पहिलो विश्व युद्ध जुलाई–अगस्त १९१४ मा विष्फोट भयो । जर्मन सामाजिक–प्रजातान्त्रिक पार्टी, जुन दोस्रो अन्तर्राष्ट्रियको विवादरहित नेता थियो, त्यसले नेतृत्व लियो । ट्रेड युनियन नोकरशाहहरूले युद्धका विरूद्ध र क्रान्तिका लागि मजदुरहरू उठाउन कोशिस गर्नुको बदलामा तुरून्तै मालिकहरूसित हड्ताल नगर्ने सम्झौता गर्न तयार भए । पार्टी फ्याक्सन (ककस) बैठकमा जुन युद्ध प्रशंसाहरूमाथि संसदीय मत पहिले अयोजना गरिएको थियो, युद्धको समर्थनमा एउटा विशाल बहुमतले भोट हाले । कार्ल लिब्कनेष्च र रोजा लक्जमवर्गद्वारा नेतृत्व गरिएको क्रान्तिकारीहरूको केही मुठ्ठिभरले मात्रै त्यसको विरोध गरे । काउट्सकी, जो त्यो समयमा दोस्रो अन्तर्राष्ट्रियका प्रमुख वैचारिक नेता थिए, अनुपस्थित भएर युद्धको समर्थनमा भोट हाले । यसरी अगस्त ४, १९१४ मा जर्मन सामाजिक–प्रजातान्त्रिक पार्टीले सबै पहिलेका काँङ्ग्रेसका प्रस्तावहरूलाई एकातिर फ्याक्यो र साम्राज्यवादी युद्धको समर्थन गर्न संसद्मा एकमतले भोट हाल्यो । क्रान्तिकारी सर्वहाराका लागि, दोस्रो अन्तर्राष्ट्रिय त्यो दिनबाट अस्तित्व विहीन भएर मर्यो । जर्मन पार्टीले लिएको त्यो कार्यविधिलाई तुरून्तै फ्रान्स, ब्रिटेन, बेल्जीयम र अन्य देशहरूमा रहेका समाजवादीहरूको बहुमतद्वारा अनुसरण गरियो । दोस्रो अन्तर्राष्ट्रिय एक अर्को विरूद्ध लडाइँ गर्दै बेग्ला बेग्लै सामाजिक अन्ध देशभक्तिमा विभाजित भयो ।

बोल्सेविकहरूको मात्रै एउटा पार्टी थियो जसले युद्ध विरूद्धका प्रस्तावहरूमा आफ्नो अडानलाई कायम राख्यो । दोस्रो अन्तर्राष्ट्रियका नेताहरूको सन्दर्भमा पूर्णरूपले अवसरवादमा पतन भइरहेका थिए, विश्व युद्धको सन्दर्भमा सही माक्र्सवादी कार्यविधि उच्च राख्न र कार्यान्वयन गर्न लेनिन र बोल्सेविक मात्रै थिए । लेनिनले तुरून्तै यो सही बुझाइलाई प्रस्तुत गर्दै लेखहरू प्रकाशित गर्नु भयो । रसियाली सामाजिक जनवादी मजदुर पार्टी—बो.(आरएसडिएलपी बो.) को केन्द्रीय समितिले “साम्राज्यवादी युद्धलाई गृह युद्धमा बदल” र “दोस्रो अन्तर्राष्ट्रियको ठाउँमा तेस्रो अन्तर्राष्ट्रियको निर्माण” गर्न आह्वान् गर्यो । लेनिनले सबै वामपन्थी युद्ध विरोधी शक्तिहरूलाई एकत्रित गरेर तेस्रो अन्तर्राष्ट्रिय निर्माणको प्रक्रिया सुरू गर्नु भयो । यद्धपि यी शक्तिहरूले १९१५ पछाडिबाट सम्मेलनहरू आयोजना गर्न सुरू गरे तर ज्यादा भ्रमहरूलाई चीन सकेनन र त्यसले निरन्तरता लियो । लेनिनले ती भ्रमहरू र यी तत्वहरूका बीचमा युद्धको सन्दर्भमा समाजवादका सिद्धान्तहरूमा सही क्रान्तिकारीहरूको कार्यविधि र रसियामा र अन्तर्राष्ट्रिय स्तरमा क्रान्तिकारी सामाजिक प्रजातन्त्रवादीहरूको कार्य पनि स्पष्ट पार्ने जिम्मेवारी लिनु भयो । लेनिनले यो काम दुबै रसियाभित्र साथै अन्तर्राष्ट्रिय स्तरमा उहाँका विभिन्न लेखहरूमार्फत गर्नु भयो ।

लेनिनले ती लेखहरूमार्फत उल्लेख गरेका सिद्धान्तहरू र कार्यहरूलाई निम्न सारमा प्रस्तुत गर्न सकिन्छ :

पहिलो, समाजवादीहरू शान्तिवादी होइनन् जो सबै युद्धको विरूद्ध छन् । समाजवादीहरूले समाजवाद र साम्यवाद स्थापना गर्ने लक्ष्य राख्दछन्, जो सबै प्रकारका शोषणको अन्त्य गरेर नजिकमा आएको सम्भावित युद्धको अन्त्य गर्दछन् । यद्धपि समाजवादी प्रणाली प्राप्त गर्नका लागिको लडाइँमा त्यहाँ सधैँभरी युद्धहरूको सम्भावना रहिरहन्छ, जो युद्धहरू आवश्यक छन् र क्रान्तिकारी महत्वका छन् ।

दोस्रो, जब एउटा निश्चित युद्धप्रति कस्तो प्रवृति अपनाउने भन्ने निर्णय गर्दा, समाजवादीहरूका लागि प्रमुख सवाल : युद्ध के का लागि लडिएको हो, र कुन वर्गले यसलाई नाट्यशाला बनाएर निर्देशित गरेको थियो । यसरी लेनिनले सुस्पष्ट पार्नु भयो कि पुँजीवादी प्रजातान्त्रिक क्रान्तिको अवधिभर, मार्क्सले पुँजीवादीद्वारा चलाइएको युद्धको समर्थन गर्नु भएको थियो, जो युद्ध सामन्तवादको विरूद्धमा थिए र पुँजीवादलाई स्थापना गर्न र सुदृढ गर्नका लागि थिए, तिनीहरू प्रगतिशील थिए र न्यायपूर्ण युद्धहरू थिए । सोही खालको मापदण्ड ग्रहणगर्दा लेनिनले सुस्पष्ट पार्दै भन्नु भयो कि साम्राज्यवादी युगमा र सर्वहारा क्रान्तिमा समाजवादीहरूले सबै यस्ता युद्धहरूको समर्थन गर्ने छन् ताकि यसले विश्व समाजवादी क्रान्तिलाई अगाडि लिएर जाने छ । यस्तो एउटा बुझाइ अनुसार लेनिनले युद्धहरूका प्रकारहरूका उदाहरणहरू दिनु भयो जसलाई प्रगतिशील अथवा न्यायपूर्ण युद्धहरू भन्न सकिन्छः १) उपनिवेश अथवा अर्ध औपनिवेशिक देशद्वारा उसका साम्राज्यवादी शोषकहरूका विरूद्ध गरिएका राष्ट्रिय युद्धहरू, २) सर्वहारा र अन्य उत्पीडित वर्गहरूद्वारा उनीहरूका सामन्त र पुँजीवादी शासक वर्गहरूका विरूद्ध गरिएका गृह युद्धहरू, ३) समाजवादी मातृभूमिको रक्षाका लागि गरिएका समाजवादी युद्धहरू ।

तेस्रो, लेनिनले देखाउनु भयो कि माथि उल्लेखित बुझाइका आधारमा पहिलो विश्व युद्धबारे त्यहाँ केही पनि चीज छैन जसले त्यसलाई न्यायपूर्ण र प्रगतिशील भन्न सकियोस् । उहाँले साम्राज्यवादी युद्धलाई त्यस्तो युद्धसित तुलना गर्नु भयो, जो १०० जना दासहरू राख्ने दासमालिक र २०० जना दासहरू राख्ने दासमालिकबीचमा एउटा ज्यादा केबल दासहरूको पुनः वितरणका लागि थियो । प्रथम विश्व युद्धको अति आवश्यक अभिप्राय औपनिवेशिक दासहरूको पुनःवितरणका लागि थियो । यसरी त्यहाँ कुनै पनि प्रगतिशील अथवा रक्षात्मक अथवा न्यायपूर्ण युद्ध भन्ने नै हुन सक्दैनन्थ्यो । यो एउटा अन्यायपूर्ण, प्रतिक्रियावादी युद्ध थियो । यो प्रतिको एक मात्रै अडान यसलाई साम्राज्यवादी युद्धलाई गृह युद्धमा बदल्नका लागि गरिने आह्वान् हुन सक्दथ्यो । यसरी यस्ता युद्धको एउटा उपयोग क्रान्तिलाई निर्माण गर्नका लागि फाइदा लिनु थियो । यसो गर्नका लागि, लेनिनले देखाउनु भयो कि यो फाइदाजनक थियो कि आफ्नै देशले युद्धमा हारखानु पर्दथ्यो वा हराइन्थ्यो । तर यो हारले शासकवर्गलाई कमजोर गराउन सक्दथ्यो र क्रान्तिको विजयलाई सहज गर्न सक्दथ्यो । यसरी कुनै पनि समाजवादी क्रान्तिकारीले युद्धमा उसको आफ्नै सरकारको हारका लागि काम गर्नै पर्दछ ।

अन्त्यमा, लेनिनले बताउनु भयो कि समाजवादीहरूको कर्तब्य यो हुन्थ्यो कि उनीहरूले शान्तिका लागि आन्दोलनमा सहभागी हुनका लागि आफ्नो कर्तब्य ठानुन् । अन्यथा, जब शान्तिका लागि आन्दोलनमा सहभागी हुँदै गर्दा, उनीहरूको कर्तब्य यो देखाउनु हो कि क्रान्तिकारी आन्दोलनविना कुनै पनि वास्तविक र दीर्घकालिन शान्ति सम्भव छैन । वास्तवमा, जसले न्यायपूर्ण र प्रजातान्त्रिक शान्तिको चाहना गर्दछ उसले पुँजीपति र सरकारका विरूद्ध गृह युद्धका लागि खडा हुनै पर्दछ ।

यद्धपि यी सिद्धान्तहरू र कार्यनीतिहरू दोस्रो अन्तर्राष्ट्रियका सबै पार्टीहरूका बीचमा प्रचार गरिएका थिए, केबल बोल्सेविक एउटाले मात्रै व्यवहारमा तिनको कार्यान्वयन गरेको देखियो । युद्ध सम्बन्धी लेनिनद्वारा विकसित यही क्रान्तिकारी कार्यविधिले उनीहरूलाई युद्धद्वारा उत्पन्न सङ्कटपूर्ण अवस्थाको उपयोग गर्नलाई मद्दत गर्यो र तीन वर्षभित्रैमा १९१७ को महान् अक्टोबर समाजवादी क्रान्तिको विजय प्राप्त हुन गयो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :