चितवनमा मनाइयो २४ औँ वासु—वैरागी स्मृति दिवस

चितवनमा मनाइयो २४ औँ वासु—वैरागी स्मृति दिवस

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले २४ औँ वासु—वैरागी स्मृति दिवस सम्पन्न गरेको छ । शनिबार जिल्ला पार्टीको आयोजनामा भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा २४ औँ वासु—वैरागी स्मृति दिवस सम्पन्न गरेको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि पार्टी केन्द्रीय सचिवालय सदस्य एवम् चितवन जिल्ला इन्चार्ज भिमबहादुर खड्का ‘ध्रुव’ ले अहिले क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण प्रमुख कार्यभार पूरा गर्नुपर्ने दायित्व सबै कमरेडहरुमा राख्दै २०५६ साल भदौ २३ गते तत्कालिन प्रतिक्रियावादी राज्यसत्ताको दमनको श्रृङ्खलाबद्ध क्रममा शहादत्त हुनुभएका महान सहिद सुरेश वाग्ले ‘वासु’ र भिमसेन पोखरेल ‘वैरागी’ ले देखाएको सर्वहारावर्गको मुक्तिको बाटोमा अविचलित लागिरहने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा बोल्दै सभाध्यक्ष पार्टी संयोजक विकासले क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको अगुवाइमा हुने सङ्घर्ष क्रान्तिले वासु—वैरागी स्मृति दिवसको महत्वपूर्ण सम्मान गर्ने बताउँदै क्रान्तिको झण्डा झुक्न दिँदैनौँ र राष्ट्रियता जनताको मुक्तिको वास्तविक मूलबाटोमा लामबद्ध भई क्रान्तिको कार्यभार पूरा गर्नुपर्ने दायित्व हाम्रो काँधमा आएकोले कम्युनिस्ट क्रान्तिकारीले यो पूरा गर्न सारगर्भित मन्तव्य व्यक्त गरे ।

कार्यक्रममा बोल्दै अतिथि अखिल नेपाल जनसाँस्कृतिक महासंघका केन्द्रीय सचिव मोदनाथ मरहठ्ठाले कमरेड वासु तत्कालिन माओवादी आन्दोलनको असल नेतृत्व स्थापित हुनुका साथसाथै जनताको मुक्तिको वास्तविक नेता भएको बताएका थिए । साथै कमाण्डर भिमसेन पोखरेल ‘वैरागी’ आफ्नो विद्यार्थी भएको र उक्त शहादत्तले आफू लगायतका क्रान्तिकारी कम्युनिस्ट भावविह्वल भएको विषय राख्दै आजको दिन अर्घाखाँची सदरमुकाम सन्धिखर्क आक्रमणमा शहादत्त प्राप्त गर्ने ६४ जना सहिदप्रति श्रद्धासुमन व्यक्त गरे । त्यसैगरी अखिल नेपाल जनसाँस्कृतिक महासंघका जिल्ला अध्यक्ष रविकिरण निर्जीवले महान सहिद सुरेश वाग्ले ‘वासु’ र भिमसेन पोखरेल ‘वैरागी’ ले देखाउनु भएको क्रान्ति मार्गमा लाग्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय सदस्य प्रेम कडेलले कमरेड वासु र वैरागी क्रान्ति दिप भएको बताउँदै पार्टी विखण्डन गर्ने प्रवृत्ति वर्तमान समयको क्रान्तिकारी कम्युनिस्ट आन्दोलनको जटिल समस्याको हल उहाँहरुको पदचापलाई पछ्याउँदै नेपाली कम्युनिस्ट आन्दोलनको बाँकी क्रान्तिको कार्यभार पूरा गर्न सबैसबै सच्चा कम्युनिस्टहरू एकताबद्ध भएर सङ्घर्षको आँधिबेहरी सिर्जना गर्न जरुरी भइसकेको बताए । उनले देशमा कम्युनिस्ट आन्दोलनमा एकातिर संशोधनवाद र अर्कोतर्फ विसर्जनवाद साम्राज्यवादी विस्तारवादी जनदुश्मनसँग घाँटी जोड्दै उभिएको परिप्रेक्ष्यमा वासु—वैरागी स्मृति दिवस प्रेरणाको स्रोत भएकोले वास्तवमा उहाँहरुका सपना पूरा गर्न क्रान्ति जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै सहिद परिवारको तर्फबाट सहिद अनिश कुँवरका बुवा खड्गबहादुर कुँवरले पार्टी एकताबद्ध भएर सहिद परिवारको सपना पूरा गर्न वासु—वैरागी स्मृति दिवसले विशेष महत्व राख्ने बताए । साथै क्रान्ति सफल पार्न दृढतापूर्वक उभिन निर्देशन समेत दिएका थिए ।

जिल्ला संयोजक घननाथ सापकोटा ‘विकास’ को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह–संयोजक दुर्गाप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा अतिथि केन्द्रीय सल्लाहकार दिवाकर न्यौपाने, वागमती प्रदेश सदस्य हरिकृष्ण खनाल, प्रकाशबाबु खनाल लगायत जिल्लाका नेताकार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :