एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

एकीकृत दलित मुक्ति मोर्चा, नेपालको भेला, प्रशिक्षण तथा बैठक सम्पन्न

पोखरा : एकीकृत दलित मुक्ति मोर्चा, नेपालको चार नम्बर प्रदेशको एकता भेला, प्रशिक्षण तथा बैठक पोखरामा भव्यरुपमा सम्पन्न भएको छ । उक्त भेलाले राजकुमार सुनारको संयोजकत्वमा ५ सदस्य पछि थप गर्ने गरी २७ सदस्यीय प्रदेश संगठन समिति गठन गरेको छ ।

भेलाको प्रमुख अतिथि पार्टीका केन्द्रीय कार्यालय सदस्य एवम् चार नम्बर प्रदेश इन्चार्ज बाबुराम गजमेर, पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् चार नम्बर प्रदेश संयोजक अशोक लम्साल, सचिवालय सदस्य एवम् प्रदेशका सह–संयोजक केशबहादुर परियार, सचिवालय सदस्य एवम् प्रदेश सह–संयोजक डम्बरबहादुर बिक, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य राम नेपाली, एकीकृत दलित मुक्ति मोर्चा, नेपालका केन्द्रीय संयोजक दर्शन कुमार नेपाली, सह–संयोजक टेकबहादुर बिक, केन्द्रीय सदस्य चिनकाजी रसाइली, रोशन विशुंखे लगायतले भेलामा शुभ-कामना व्यक्त गरेका थिए ।

उक्त भेलामा पार्टीका केन्द्रीय सचिवालय सदस्य रामजी थापा, पार्टीका केन्द्रीय महाधिवेशन आयोजक समितिका सदस्यहरु नारायण अधिकारी, भिमबहादुर श्रीस, विभिन्न जवस मोर्चाका केन्द्र, प्रदेश र जिल्ला तहका नेता कार्यकताहरु लगायत चार नम्बर प्रदेशका सबै जिल्लाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त भेलामा कास्की जिल्लाका पोखरा महानगरपालिका र गाउँपालिकाहरुबाट दलित समुदायका कार्यक्रर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

भेलाले राजकुमार सुनार संयोजक, सिता परियार सह–संयोजक, विजय सुनार सह–संयोजक र सदस्यहरुमा बुद्धि नेपाली, प्रेम बिक, रेशमलाल नेपाली, हिरालाल बिक, सुन्दर बिक, ऋषिराम बिक, टिकाराम बिक, गोविन्द परियार, प्रेम नेपाली, केदार सिंह नेपाली, पदम सुनार, रेशम बिक, राजेन्द्र सुनार, सिता बिक, लक्ष्मी नेपाली, मानकाजी मग्राती, दिपेन्द्र सुनार, हिमाल बिक र कुमार परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :