माओवादी केन्द्रका दुई जिल्ला नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

माओवादी केन्द्रका दुई जिल्ला नेता क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश

दैलेख
नारायण नगरपालिका, ९ बस्ने माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य राजबहादुर चुनारा पार्टी परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् ।
चुनारा माओवादी केन्द्र जनघाती–राष्ट्रघाती एमसीसी परियोजना अनुमोदन र कार्यान्वयनपत्रमा हस्ताक्षर गर्ने दलालहरूको पार्टी भएको प्रस्ट पार्दै राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर लागिपरेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मात्र देश र जनताको मुक्ति गर्न सक्नेमा विश्वास व्यक्त गर्दै मङ्गलबार विज्ञप्तिमार्फत माके परित्याग गरी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा ध्रुवीकृत भएका हुन् ।
यसैगरी दैलेख नारायण नगरपालिका ९ का माओवादी केन्द्र निकट शिक्षक सङ्गठनका दैलेख जिल्ला सदस्य भक्तबहादुर सुनार पनि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा ध्रुवीकृत भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :