मुक्तिनाथ विकास बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

मुक्तिनाथ विकास बैङ्कलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको चेतावनी

पाल्पा
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल पाल्पाले मुक्तिनाथ विकास बैङ्कलाई चेतावनी दिएको छ । जिल्ला इन्चार्ज ज्वालाले मङ्गलबार प्रेस वक्तव्यमार्फत माथागढी गाउँपालिका ३ कसेनी सराईमा रहेको मुक्तिनाथ विकास बैङ्कले आमजनतालाई लुट्ने उद्देश्यले लघु वित्तीय संस्था भगेनी सञ्चालन गरी जनस्तरमा वित्तीय आतङ्क मच्चाएकाले सच्चिनका लागि चेतावनी दिएका हुन् ।
पार्टीको न्याय विभागमा २०८० असार २५ गते नै पीडितहरूको सामूहिक निवेदन परेको र उक्त निवेदनमा बैङ्क म्यानेजर रम्बा गाउँपालिका ताहु सेर्काबास टेमने स्थायी घर भएका सुवास सिङ्जाली, माथागढी गाउँपालिका ३ कसेनी सराईका किरण घर्तीलगायत कर्मचारीहरूको वित्तीय आतङ्क, ज्यादती र दादागिरीले प्रताडित बनाएको वक्तव्यमा उल्लेख छ । प्रेस वक्तव्यमा भनिएको छ ‘हाम्रो पार्टीमा माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सराईमा रहेको मुक्तिनाथ विकास बैङ्कले आम जनताहरूलाई लुट्ने उद्देश्यमा केन्द्रित रही लघु वित्तीय संस्था भगेनी सञ्चालन गरी जनस्तरमा वित्तीय आतङ्क मच्चाइरहेको कुरा न्याय विभागमा गत २०८० असार २५ गते सामूहिक निवेदन परेको छ । उक्त निवेदनमा बैङ्क म्यानेजर रम्बा गाउँपालिका ताहु सेर्काबास टेमने स्थायी घर भएका सुवास सिङ्जाली, माथागढी गाउँपालिका वडा नम्बर ३ कसेनी सराईमा स्थायी बसोबास गर्ने किरण घर्तीलगायत कर्मचारीहरूको वित्तीय आतङ्क, ज्यादती र दादागिरीले प्रताडित बनाएको उल्लेख छ । उक्त बैङ्क र बैङ्क म्यानेजर सुवास सिङ्जाली, कर्मचारी किरण घर्तीलाई उक्त कार्यहरू तुरुन्तै सच्याउन पहिलो चेतावनी दिन चाहान्छौँ । साथै विकासका नाममा सेवा कर्जाको हवाला दिएर सोझासाझा आमजनताहरूलाई अदालत र कानुनको डर देखाएर गरिने वित्तीय आतङ्क र लुटपाटविरुद्ध उभिन सम्पूर्ण न्यायप्रेम जनसमुदायहरूमा समेत अपिल गर्दछौँ ।’

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :