क्रान्तिकारी कम्युनिस्ट पार्टी जानकी गाउँपालिकाको एकता भेला सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी जानकी गाउँपालिकाको एकता भेला सम्पन्न

बाँके : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको जानकी गाउँपालिकाको एकता, प्रशिक्षण तथा भेला सम्पन्न भएको छ । बैठकमा रिपोर्टिङ र प्रशिक्षण भएको थियो । बैठकको अध्यक्षता हरभजन राडले गरेका थिए । उक्त भेलाले हरभजन राड संयोजक र सह–संयोजकहरु किसान र नन्कुु रहनेगरी १७ सदस्यीय जानकी गाउँपालिका सङ्गठन समिति गठनसमेत गरेको छ ।

प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य दिपक शाहीले पार्टीले संसारका मजदुर किसान उत्पीडित जनतालाई अब हुने नेपालको तेस्रो जनआन्दोलनले उत्साह उदाहरनीय हुने बताउँदै पार्टी एकताले नेपालका कम्युनिस्ट क्रान्तिकारीहरुलाई उल्लासपूर्ण सन्देश दिइएको बताए । उनले पर्टीको केन्द्रीय नीतिलाई जनजन र घरघरमा पुर्याउनु पर्नेमा जोड दिँदै, दलाल संसदीय व्यवस्थाको अत्य र नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा जाने बाटो नै मुख्य उद्देश्य हो भन्दै, भ्रष्टाचारी, बलात्कार राष्ट्रघाती, एमसीसी लगायत सम्पूर्ण विषयहरुलाई लिएर सङ्घर्ष गर्नुपर्ने समेत बताए ।

भेलामा उपस्थित सबै नेता कार्यक्रर्तालाई आगामी कामका सन्दर्भमा शिक्षा स्वास्थ्य २०८३ सम्ममा निःशुल्क गर्न, किसानलाई निःशुल्क मलबीउ र किसानका उत्पादन देशभरी सबै वडाले संकलन केन्द्र बनाएर खरिद गरी सस्तोमा जनता र उपभोक्तलाई वितरण गर्न, देशमा रोजगारी सृजना गर्न कम्तिमा सबै पालिकाहरुमा कम्तिमा दुईवटा जनताको स्वामित्व र पूर्ण सरकारी स्वामित्वमा दुईदुई वटा उद्योग सञ्चालन गर्न, बैंक बित्तिय संस्थाहरु र मिटर व्याजीहरुको ज्यादतीलाई रोकी जनतालाई सस्तो र सुलभ ऋण उपलब्ध गरि सेवा दिन व्यवस्था गर्न, भ्रष्टाचारीलाई कारवाही गरि पूर्ण भ्रष्टाचार मुक्त समाज निर्माणका लागि सङ्घर्ष गर्न निर्देश गर्दै पार्टीको आगामी कार्यक्रम र कार्यदिशाका बारेमा प्रशिक्षण सहितको मन्तव्य रखेका थिए । नव निर्वाचितहरुलाई शुभकामना बधाई समेत दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य दिपक शाही, अतिथिहरु केन्द्रीय सदस्य तथा बाँके जिल्ला संयोजक विशाल खाँ, केस तथा ६ न. प्रदेश स्वास्थ्य विभाग प्रमुख लक्ष्मि चौलागाईं, बाँके जिल्ला सह–संयोजक वीरबहादुर परियार, बाँके जिल्ला कार्यालय सदस्य प्रेम थापा र प्रदेश सल्लाकार चुन्नु खाँ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

प्रशिक्षण र प्रष्टिकरण प्रेम थापा, वीरबहादुर परियार, केन्द्रीय सदस्य लक्ष्मी चौलागाईं, विशालले जनताका जनजीविका, जनतन्त्र र भ्रष्टाचार, राष्ट्रियता एमसीसी लिम्पियाधुरा लगायत विषयमा प्रकाश परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :