एमसीसीका विरुद्ध सुर्खेतमा चार कम्युनिस्ट पार्टीको संयुक्त विराेध प्रदर्शन

एमसीसीका विरुद्ध सुर्खेतमा चार कम्युनिस्ट पार्टीको संयुक्त विराेध प्रदर्शन

काठमाडौँ : किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे संयुक्त आयाेजनामा एमसीसी कार्यान्वयन बिरुद्धको देशब्यापी प्रदर्शन अन्तर्गत ६ नम्बर प्रदेशको सदरमुकाम सुर्खेत विरेन्द्रनगरमा पनि विराेध प्रदर्शन भएकाे छ ।

मङ्गलगढी चोकबाट शुरु भएको बिरोध र्याली मुख्य बजार हुँदै पिपल चौतारीमा पुगेर कोणसभामा परिणत भएको थियाे । एम सी सी सम्झौता खारेजीका लागि नाराबाजी गर्दै ४ पार्टीका नेता कार्यकर्ता र जनता सहितको सानदार उपस्थिति रहेको कार्यक्रममा सुरक्षाकर्मीहरुका गाडीहरू पनि त्यत्तिकै बाक्ला थिए भने पत्रकार, कुटनैतिक नियोगका सदस्य, बुद्धिजीवी, ब्यापारी आदिको सहानुभूतिपुर्ण उपस्थिति पनि त्यत्तिकै रहेको थियो ।

कार्यक्रमलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धमिल, नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश मुक्ति मोर्चाका संयोक बिराट सी, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला संयोजक बिक्रम सचेतले एमसीसी सम्झौता नेपाली जनताको पासोमा राखिएको चारो हो, यो हर हालमा खारेज गरिनुपर्छ भन्ने कुरामा जोड दिँदै यसमा सम्पुर्ण देशभक्त नेपालीहरु यो आन्दोलनमा एकजुट हुनुपर्ने आवश्यकतामाथि जाेड दिएका थिए । वक्ताहरूले मसीसीकाे पक्षमा उभिएका दलालहरुलाई गाउँ पस्न नदिने चेतावनी पनि दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :