सिन्धुपाल्चोकमा राष्ट्रघाती एमसीसीविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदर्शन

सिन्धुपाल्चोकमा राष्ट्रघाती एमसीसीविरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टीको प्रदर्शन

चौतारा : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोकले राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध प्रदर्शन गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज अग्रीमको प्रमुख आतिथ्यमा जिल्ला सदरमुकाम चौतारामा एमसीसीविरुद्ध बुधबार प्रदर्शन गरिएको हो ।

विरोधसभामा प्रमुख अतिथि अग्रीमले सरकारले राष्ट्रघाती एमसीसी सम्झौता लागू गरेर देशलाई साम्राज्यवादको युद्धमैदान बनाउन लागेकाले त्यसलाई धपाएर देशलाई मुक्त पार्नुपर्ने बताए । सयौँ जनसमुदायको सहभागिता रहेको विरोधसभाको सञ्चालन पार्टीका जिल्ला सचिवालय सदस्य धन गोलेले गरेको बताइएको छ ।

यसैबीच क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । जिल्ला इन्चार्ज अग्रीमको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले धन गोलेको अध्यक्षतामा ३१ सदस्यीय नगर समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :