क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल पाँचथरको एकता अधिवेशन सम्पन्न

पाँचथर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको पाँचथर जिल्लाको एकता अधिवेशन शानदाररुपमा सम्पन्न गरेको छ । अधिवेशनले शम्भुको संयोजकत्वमा ५ सदस्यीय पाँचथर जिल्ला संगठन समिति चयन गरेको छ ।

पाँचथर जिल्लाको सदरमुकाम फिदिममा बुधबार सम्पन्न भएको अधिवेशनमा प्रमुख अतिथि पाटीका केन्द्रीय सचिवाल सदस्य तथा १ नं. प्रदेशका संयोजक सङ्कुलले पार्टी केन्द्रको भाव संप्रेषणसहित प्रशिक्षणमूलक मन्तब्य राखेका थिए । उनले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालहरुलाई लिएर पार्टीले देशव्यापी रुपमा संघर्ष गरिरहेको स्मरण गराउँदै दलाल, भ्रष्ट तथा जनविरोधी तत्वहरुलाई जनकार्वाही गर्नुपर्ने र त्यस्ता तत्वहरुलाई गाउँगाउँबाट लखेट्नु पर्ने समेत बताए ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश संगठन समितिका सह–संयोजक नरेशको अतिथ्यता रहेको थियो भने कार्यक्रमको अध्यक्षता शम्भुले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :