राष्ट्रघाती एमसीसी नेपाली जनताले खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

राष्ट्रघाती एमसीसी नेपाली जनताले खारेज गर्नुपर्छ : धर्मेन्द्र बास्तोला

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको प्रवक्ता धर्मेन्द्र बास्तोलाले विद्यामान संविधान खारेज गर्नुपर्ने बताएका छन् । सोमबार राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै २०७२ को संविधान समाजवाद उन्मुख नरहेको जिकिर गर्दै खारेज गर्नुपर्ने धारणा राखे । यो संविधान जनमुखी र जनताको प्रतिनिधिले बनाएको संविधान नभएको उनको जिकिर थियो ।

‘सर्वप्रथम विद्यामान संविधान खारेज गर्नुपर्छ । यो संविधान समाजवाद उन्मुख र जनपक्षीय छैन । यो नेपाली जनप्रतिनिधिले बनाएको संविधान पनि होइन’, उनले भने, ‘अमेरिकी साम्राज्यवाद र युरोपीयन युनियनहरूका एजेन्टहरूले बनाएको संविधान भएकाले यसलाई खारेज गर्नुपर्छ ।’

कार्यक्रममा उनले राष्ट्रघाती एमसीसी सबै नेपाली जनता मिलेर खारेज गर्नुपर्ने धारणा राखेका थिए । दलका नेताहरूले बाहिर एमसीसीको विरोध गरे पनि संसद्का टेबुल ठटाएर अनुमोदन गरेको बताए ।

माओवादीले जनयुद्ध नलडेको भए आज कुनै पनि कम्युनिस्ट पार्टीहरू कम्युनिस्ट भएर बस्न नसक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :