क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि अन्तरक्रिया कार्यक्रम गरिने

“राष्ट्रिय स्वाधिनताको रक्षा गराैँ ! राष्ट्रघाती एमसीसी खारेजी र फिर्ता बिषयक अन्तरक्रिया कार्यक्रम”

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि अन्तरक्रिया कार्यक्रम गरिने

काठमाडाैँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको आयोजनामा भोलि काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गरिने भएको छ । शनिबार अनामनगरस्थित संवाद डबलीमा राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ ! राष्ट्रघाती एमसीसी खारेजी र फिर्ता बिषयक अन्तरक्रिया कार्यक्रम  गर्न लागिएको हो ।

उक्त अन्तरक्रिया कार्यक्रमका वक्ताहरूमा सीपी गजुरेल, भीम रावल, सन्तोष बुढा, प्रेमसिंह बस्नेत लगायत अन्य वक्ताहरूको पनि उपस्थिति हुने जनाइएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हितविरुद्ध रहेको भन्दै यसको खारेजीको लागि वृहत रूपमा विरोध प्रदर्शन गर्दै आइरहेको छ ।

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरबाट नै व्यापक रुपमा विरोध हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :