क्रान्तिकारी युवा सङ्गठन, नेपाल विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट क्रान्तिकारी युवा सङ्गठन, नेपाल नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिकाको भेला सम्पन्न भएको छ । शुक्रबार विनय त्रिवेणी गाउँपालिकाको दुम्कीबास बजारमा सम्पन्न भेलाले अरुणको संयोजकत्वमा २ जना पछि थप्नेगरी १३ सदस्यीय समिति गठन गरेको छ ।

कार्यक्रमका प्रमख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समिति सदस्य तथा नवलपुर जिल्ला इन्चार्ज वन्दनाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरूलाई लिएर युवाहरूलाई सङ्घर्षमा उत्रन निर्देशन दिए । साथै उनले दलाल संसदीय व्यवस्थाले गरेका जनघात, राष्ट्रघात, भ्रष्टाचार, सुदखोर, मिटरब्याजी, माफियाहरूका विरुद्ध क्रान्तिकारी युवाहरूले सडकमा सशक्त रुपमा उपस्थिति देखाउनुपर्ने र सडक सङ्घर्ष चर्काउनुपर्ने आवश्यकता आएको बताए ।

संयोजक अरुणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको एकता महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज वन्दना र अतिथि नवलपुर जिल्ला सह–संयोजक विशाल रहेका थिए भने कार्यक्रमको सञ्चालन संगिताले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :