राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै आज वृहत रूपमा विरोध प्रदर्शन हुँदै

“वृहत रूपमा सहभागी बनौँँ ! राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ !!”

राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै आज वृहत रूपमा विरोध प्रदर्शन हुँदै

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अमेरिकी परियोजना नेपाल र नेपालीको हितविरुद्ध रहेको भन्दै यसको खारेजीको लागि आज वृहत रूपमा विरोध प्रदर्शन गर्दैछ । “वृहत रूपमा सहभागी बनौँँ ! राष्ट्रघाती एमसीसी सम्झौता खारेज गरौँ !!” भन्ने मूल नाराका साथ क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले रत्नपार्क शान्तिवाटिका, काठमाडौँमा आज ११ : ३० बजे विरोध प्रदर्शन गर्न लागिएको हो ।

काठमाडाैँको शान्तिवाटिकामा दिउँसो जम्मा भई पुरानो बसपार्क, भद्रकाली, सुन्धरा, सहिद गेट, वायुसेवा निगम, न्युरोड, विशालबजार, इन्द्रचोक, असन, भोटाहिटी हुँदै रत्नपार्क शान्तिवाटिकासम्म जुलुस प्रदर्शन गरिने सम्बद्ध स्रोतले जानकारी दिएको छ । मशाल जुलुसपछि आयोजित विरोधसभालाई पार्टीका शीर्ष नेतृत्वहरुले सम्बोधन गर्ने बताइएको छ ।

अनामनगरस्थित संवाद डबलीमा मङ्गलबार भएको राष्ट्रघाती एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया कार्यक्रममा पार्टीका नेताहरुले बुधबार एमसीसीका विरुद्ध रत्नपार्क शान्तिवाटिकामा विरोध जुलुससहितको विरोध प्रदर्शनको आयोजना गरिएको जानकारी गराएका थिए ।

अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको जनस्तरबाट नै व्यापक रुपमा विरोध हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :