क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल हुप्सेकोटको एकता अधिवेशन सम्पन्न

नवलपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुरको हुप्सेकोट गाउँपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ । बिहीबार सम्पन्न एकता भेलाले कार्यवाहक संयोजक ज्योतिको संयोजकत्वमा ५ जना पछि थप्नेगरी १७ सदस्यीय गाउँपालिका सङ्गठन समिति गठन गरेको छ ।

कार्यवाहक संयोजक ज्योतिको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला इन्चार्ज वन्दना अतिथिहरु जिल्ला संयोजक आकाश र जिल्ला सह–संयोजकद्वय विशाल र प्रताप थिए भने सञ्चालन यमबहादुर सोमैले गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :