क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कटारी नगरपालिकाको एकता अधिवेशन सम्पन्न

उदयपुर : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल उदयपुर जिल्ला अन्तरगत कटारी नगरपालिकाको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । अधिवेशनले संयोजक सन्तबहादुर सुनुवारको संयोजकत्वमा १५ सदस्यीय नगर समिति गठन गरेको छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सचिवालय सदस्य तथा उदयपुर जिल्ला इन्चार्ज मोहनसिङ्ग तामाङ, विशेष अतिथि केन्द्रीय आयोजक समिति सदस्य तथा उदयपुर जिल्ला संयोजक जटिल अतिथिहरुमा केन्द्रीय आयोजक समिति सदस्य तथा एक नम्बर प्रदेश स्कुलिङ्ग बिभाग प्रमुख अमर परियर, प्रदेश समिति सदस्य तथा कटारी नगर इन्चार्ज रमेश कटुवाल, जिल्ला समिति सदस्य कृष्ण र चन्द्र बराल रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथिले पार्टी केन्द्रको योजना र प्रदेश समिति साथै जिल्ला पार्टीको योजना तर्जुमा सहितको भाव सम्प्रेषण गरेका थिए । यसैगरी विशेष अतिथि जिल्ला संयोजक जटिलले जिल्ला पार्टीको आगामी कार्य योजनाको प्रशिक्षणमूलक मन्तव्य व्यक्त गरेका थिए, भने अन्य अतिथिहरुले नगर समितिका सदस्य सबै साथीहरूलाई एकाकार भएर दलाल पुँजीवादको विरुद्धमा लड्न प्रेरित गरेका थिए ।

नगर संयोजक सन्तबहादुर सुनुवारको अध्यक्षतामा कार्यक्रमको सञ्चालन प्रदेश समिति सदस्य भिम सुर्खेतीले गरेका थिए । उक्त कार्यक्रममा कटारी नगरका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :