कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न, संयोजकमा टिका सुनार

नवलपुर : नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीच पार्टी एकता पश्चात ४ नं. प्रदेश अन्तरगत क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्लाको कावासोती नगरपालिकाको एकता अधिवेशन सम्पन्न भएको छ ।

आइतबार नवलपुरको कावासोती बजारमा सम्पन्न अधिवेशनले टिका सुनारको संयोजकत्वमा ६ जना पछि थप्नेगरी २५ सदस्यीय नगर समिति गठन गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपुर जिल्ला इन्चार्ज बन्दना र अतिथिहरु जिल्ला संयोजक आकाश र सह–संयोजक विशाल रहेका थिए भने उक्त कार्यक्रमको सभापति तथा सञ्चालन टिका सुनारले गरेका थिए ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) बीचको एकतालाई जिल्ला स्तरमा एकता अधिवशेनमार्फत पूर्णता दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :