क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको बैठक सम्पन्न, संयाेजकमा रजनी

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढीको बैठक सम्पन्न, संयाेजकमा रजनी

पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल माथागढी गाउँ संगठन समितिको एकता अधिवेशन, प्रशिक्षण तथा बैठक माथागढीमा बिहीबार सम्पन्न भएको छ । अधिवेशनले रजनी संयोजक र सन्तोष सह-संयोजक रहेको १३ सदस्यीय माथागढी गाउँ संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं पाल्पा जिल्ला इन्चार्ज ज्वाला, जिल्ला संयोजक दिग्दर्शनले प्रशिक्षणमूलक मन्तव्य राखेका थिए । साथै कार्यक्रममा ५ नम्बर प्रदेश संगठन समितिका सदस्य श्रीचन्द्रको उपस्थिति रहेको थियो ।

कार्यक्रमको अध्यक्षता रजनी, सञ्चालन सन्तोष र स्वागत मन्तव्य रासिकाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :