क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको एकता अधिवेशन तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाटको एकता अधिवेशन तथा बैठक सम्पन्न

बर्दघाट : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल बर्दघाट-२ वडा संगठन समितिको एकता अधिवेशन तथा बैठक बिहीबार चिसापानीमा सम्पन्न भएको छ । एकता अधिवेशनले संयोजक गोबिन्द र सह-संयोजक उर्जाको संयोजकत्वमा ११ सदस्यीय वडा संगठन समिति निर्वाचन गरेको छ । साथै समितिको सल्लाहकारमा गोपबहादुर पौडेललाई चयन गरेको छ ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका महाधिवेशन आयोजक समिति सदस्य तथा जिल्ला इन्चार्ज सङ्कल्प, अर्का महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला संयोजक समरले राजनैतिक प्रशिक्षण राखेका थिए । एकता अधिवेशनमा प्रदेश सदस्य तथा जिल्ला सह-संयोजक श्रमिकले शुभ-कामना मन्तव्य र प्रदेश सदस्य बसन्तले परिपत्र वाचन र नगर संयोजक प्रशान्तले प्यानल प्रस्ताव प्रस्तुत गरेका थिए ।

एकता अधिवेशनले वडाको सबै टोलमा सम्पर्क विस्तार गर्दै सेल कमिटी विस्तार गर्ने निर्णयसमेत गरेको छ । एकता अधिवेशन अखिल (क्रान्तिकारी) नेतृ बिमला गिरीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :