क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खोटाङको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल खोटाङको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

खोटाङ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले १ नं. प्रदेश अन्तर्गतको खोटाङ जिल्लाको पार्टी एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम बिहीबार सम्पन्न गरेको छ । अधिवेशनले सुनिलको नेतृत्वमा ११ सदस्यीय जिल्ला संगठन समिति चयन गरेको छ ।

अधिवेशन कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेशका संयोजक सङ्कुलले प्रशिक्षणमूलक मन्तब्यसहित पार्टी केन्द्रको भाव संप्रेषण गरेका थिए । उनले पार्टीको नीति तथा आगामी कार्यक्रमहरूको विषयमा समेत प्रस्ट पारे ।

कार्यक्रमका अतिथिहरू पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संगठन समितिका सह–संयोजक नरेश, केन्द्रीय सल्लाहकार सदस्य देवी लगायतले एकताको अनुभूति तथा शुभ-कामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रमको अध्यक्षता सुनिलले गरेका थिए । अन्तमा, स्थानीयस्तरमा अधिवेशन तथा प्रशिक्षण कार्यक्रमहरू सम्पन्न गर्दै संगठन र संघर्ष सम्बन्धी महत्वपूर्ण निर्णयहरू सहित सानदार रुपमा अधिवेशन सम्पन्न भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :