क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिवेशन सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टीको सुस्ता गाउँ संगठन समितिको एकता अधिवेशन सम्पन्न

नवलपरासी (सुस्ता) : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुस्ता गाउँ संगठन समितिको ऐतिहासिक एकता, अधिवेशन प्रशिक्षण तथा बैठक सुस्ता–१ फेचुवास्थित छघरिया बस्तीमा सोमबार सानदार रुपले सम्पन्न भएको छ । अधिवेशनले वसन्त संयोजक र प्रकाश सहसंयोजक रहेको १३ सदस्यीय सुस्ता गाउँ संगठन समिति निर्वाचित गरेको हो ।

कार्यक्रममा पार्टी महाधिवेशन आयोजक समिति सदस्य एवं जिल्ला इन्चार्ज सङ्कल्प, महाधिबेशन आयोजक समिती सदस्य तथा जिल्ला संयोजक समर, सहसंयोजक श्रमिक, प्रदेश सदस्यहरु सरोज, क्रान्ति र प्रदेश सल्लाहकार अनिलले बिचार राखेका थिए । कार्यक्रममा सहिद परिवारबाट सीताको आतिथ्यता रहेको थियो ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासी पश्चिममा आधारभूत वर्गमा विस्तार हुँदै गएको छ । सुस्ता गाउँपालिकाको सुस्ता भारतीय विस्तारवादी अतिक्रमणको क्षेत्र हो । पालिकाभित्रका पाँचै वटामा पार्टी संगठन विस्तार गर्ने ध्येयका साथ अधिबेशन सम्पन्न गरिएको सो पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :