क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल संखुवासभाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल संखुवासभाको एकता अधिवेशन तथा प्रशिक्षण सम्पन्न

संखुवासभा :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको १ नं. प्रदेश अन्तर्गतको संखुवासभा जिल्लाको एकता अधिवेशन तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अधिवेशन तथा प्रशिक्षण कार्यक्रम शनिवार संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा सम्पन्न भएको हो । अधिवेशनले १३ सदस्यीय संखुवासभा जिल्ला संगठन समिति चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अथिति पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा १ नं. प्रदेशका इन्चार्ज निर्मल र अथिति पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश संयोजक सङ्कुलले पार्टी केन्द्रको भाव संप्रेषण गर्दै प्रशिक्षणमूलक मन्तव्य राख्नुभयो ।

कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा पार्टीका १ नं. प्रदेश सह–संयोजक नरेशको समेत आतिथ्यता रहेको थियो भने अध्यक्षता सीवी लामाले गर्नुभएको थियो । अन्तमा संगठन, संघर्ष तथा अन्य विविध विषयमा निर्णय गर्दै प्रशिक्षण तथा बैठक समापन भएको पार्टी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :