दार्शनिक फाँटमा दुई पद्धति : अधिभुतवाद र द्वन्द्ववाद

“अलगअलग वस्तुहरुमाथि विचार गर्ने बेला अधिभुतवादले तिनका परस्पर सम्बन्धहरुलाई भुल्दछ ,तिनको अस्तित्वमाथि विचार गर्ने बेला त्यसले त्यसको अस्तित्वको आरम्भ र।अन्त्यलाई भुल्दछ । त्यसले रुखहरुलाई देख्दछ , वनलाई देख्न पाउदैन , यसका विपरीत द्वन्द्ववादले,वस्तुहरू र तिनका मानस चित्रहरु अर्थात् विचारहरुलाई , तिनका आधारभूत सम्बन्ध , गति, आरम्भ र अन्त्यलाई ध्यानमा राखेर नै ग्रहण गर्दछ ।”

– फ्रेडरिक एङ्गेल्स

दार्शनिक फाँटमा दुई पद्धति छन् : अधिभुतवाद र द्वन्द्ववाद । यस दार्शनिक आलेखमम दार्शनिक फाँटमा रहेका यी दुई दार्शनिक पध्दतिकाबारेमम दार्शनिक क्षेत्रमा अध्ययन , अनुसन्धान गर्न चाहने र विश्वलाई हेर्न , बुझ्न , व्याख्या विश्लेषण गर्न र संसारलाई बदल्न चाहने सर्वसाधारण सबैले बुझ्न सक्ने ध्येयका सकेसम्म सरल भाषा र वाक्यमा लेख्ने प्रयत्न गरिएको छ ।

दर्शन भनेको मान्छेको भित्री आँखा हो , जुन आँखाले संसारलाई हेर्न सक्छ र मान्छेको विश्वदृष्टिकोणमा रुपान्तरण गर्न र संसारलाई बदल्ने काममा मद्दत गर्दछ।

यसरी विषयवस्तुमा प्रवेश गरिरहँदा दार्शनिक फाँटमा प्रकृति ,, वस्तु वा समाजलाई हेर्ने आँखा दुई प्रकारका छन् : अधिभुतवाद र भौतिकवादी द्वन्द्ववाद । वस्तुको उसको वास्तविक चरित्रभन्दा अलग गरी हेर्ने दार्शनिक पध्दतिको नाम अधिभुतवाद हो । यसको ठिक विपरीत वस्तुलाई त्यसकै वास्तविक चरित्रअनुसार हेर्ने दार्शनिक पध्दतिको नाम भौतिकवादी द्वन्द्ववाद हो । भौतिकवादी द्वन्द्ववादले हरेक वस्तु द्वन्द्वमय भएको मान्दछ ।

(१) अधिभुतवाद :

अधिभुतवादीहरुले पदार्थलाई जड मान्दछन् , त्यसकारण उनीहरूले हरेक वस्तुको निर्माणका लागि भित्री होइन , बाहिरी कारणलाई प्रधानता दिन्छन् । वस्तु वा प्रकृतिलाई गतिहीन ठान्ने भएकाले तिनलाई बाहिरबाट गति दिने तत्वको रुपमा ईश्वर , परमात्मा वा कुनै अलौकिक (अदृश्य शक्ति) शक्तिलाई स्थान दिन्छन् । यस कारण उनीहरूले पदार्थ र चेतना , शरीर र मन तथा समस्त वस्तुगत र वितरण जगतबीच कुनै साइनो सम्बन्ध देख्दैनन् र तिनलाई आपसमा अलग्याउछन् ।

अधिभुतवादीहरुले वस्तुलाई। स्थिर , परिवर्तनहीन बनिबनाउ रुपमा एकाएक अस्तित्वमा आएको बताउँछन् । उनीहरूका दृष्टिमा सूर्य , पृथ्वी , चन्द्र , तारा आदि सम्पूर्ण ब्रह्माण्ड र बनस्पति , जीवजन्तूलगायत समस्त मानवजाती पनि एकाएक बनेका हुन् र ती सबैको कुनै ऐतिहासिक सन्दर्भ छैन । उनीहरूले कतै विकासका कुरा गरिहाले पनि त्यो मात्रात्मक पक्ष मात्र हो , उनीहरूले गुणात्मक परिवर्तन वा छलाङ्गमा विश्वास गर्दैनन् ।

अझै अगाडि बढेर भनिन्छ , अधिभुतवादीहरुले कुनै पनि वस्तु वा प्रक्रियामा सकारात्मक र नकारात्मक , विकासशील र विनासशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी पक्ष , तिनीहरूबीच आपसी अदली( बदली जस्ता कुरा देख्दैनन् । त्यस्तै उनीहरू कि त असलै – असल , कि त खराबै – खराब , कित हुन्छ – हुन्छ , कि त हुन्न हुन्न मात्र भन्न जानेका हुन्छन् । त्यसैले अधिभुतवादीहरु एक पाखे हुन्छन् , एकल काँठे हुन्छन् । माथि एंगेल्सले भन्नुभए झै रुखलाई देख्दा बुटोलाई देख्दैनन् । उज्यालो पक्ष देख्दा अध्याँरो पक्ष देख्दैनन् ।अधिभुतवादीहरु जडसूत्रवादी हुन्छन् ।

(२) भौतिकवादी द्वन्द्ववाद :

भौतिकवादी द्वन्द्ववादले अधिभुतवादको ठिक विपरीत पदार्थलाई जड होइन , गतिशील मान्दछ र हरेक वस्तुको विकासमा आन्तरिक कारणलाई प्रधानता दिन्छ । कुनै अलौकिक ९ काल्पनिक ० शक्तिमा विश्वास गर्दैन । हरेक वस्तु र प्रक्रियामा सकारात्मक र नकारात्मक , विकासशील र विनासशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी हुने , तिनीहरूबीच आपसी सम्बन्ध भएर पनि द्वन्द्व पाइने र ती आपसमा एक अर्कोमा बदलिने कुरामा जोड दिन्छ । भौतिकवादी द्वन्द्ववादले कुनै पनि वस्तुलाई स्थायी , एकाएक अस्तित्वमा आएको वा परिवर्तनहीन मान्न तयार छैन । त्यसैले कुनै पनि वस्तुको विकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जोड दिई गुणात्मक परिवर्तनको कुरा गर्दछ ।

(३) निचोड :

दार्शनिक फाँटमा माथि उल्लेखित यी कुराको हरेक विपरीत चीजलाई द्वन्द्ववादी ढंगले हेर्ने पध्दतिको जन्म विकास पनि धेरै पहिलेदेखि हुँदै आएको पाइएको छ । प्राचीन युनानी , भारतीय , नेपाली , चीनी दर्शनमा द्वन्द्ववादका बिज ९ बिउ ० प्रसस्तै पाइन्छन् । स्थतावादको विरोध र परिवर्तनवादको पक्षमा बुध्द र हेरेक्लाइटसले जुन संघर्ष चलाएका थिए , त्यो यसकै एउटा उदाहरण हो ।

आधुनिक युगमा प्रकृति विज्ञान अर्थात् विज्ञानका क्षेत्रमा जुन प्रगति र विकास भएको छ , त्यसबाट अधिभुतवादको ठिक उल्टो भौतिकवादी द्वन्द्ववादले पदार्थलाई जड होइन , गतिशील मान्दछ र हरेक वस्तुको विकासमा आन्तरिक कारणलाई प्रधानता दिन्छ , कुनै अलौकिक ९ अदृश्य , काल्पनिक ० शक्तिमा विश्वास गर्दैन । हरेक वस्तु र प्रक्रियामा सकारात्मक र नकारात्मक , विकासशील र विनाशशील तथा सत्य र असत्य जस्ता परस्पर विरोधी पक्ष हुने , तिनीहरूबीच आपसी सम्बन्ध भएर पनि द्वन्द्व पाइने र ती आपसमा एक अर्कोमा बदलिने कुरामा जोड दिन्छ । भौतिकवादी द्वन्द्ववादले कुनै पनि वस्तुलाई स्थायी , एकाएक अस्तित्वमा आएको वा परिवर्तनहीन मान्न तयार छैन । त्यसैले कुनै पनि वस्तुको विकास ऐतिहासिक सन्दर्भमा हुने कुरामा जोड दिई गुणात्मक परिवर्तनको कुरा गर्दछ ।

अन्त्यमा वैज्ञानिक साम्यवादका सिध्दान्तकार , मार्क्सवाद र मार्क्सवादी दर्शनका अणवेषक दार्शनिक कार्ल मार्क्सले लुडविक फायरवाखको भौतिकवा भित्र रहेको अधिभुतवाद आदर्शवादी चिन्तनलाई हटाएर भौतिकवाद र हेगेलको द्वन्द्ववाद भित्र रहेको

आदर्शवादी चिन्तनलाई अटाएर द्वन्द्ववादको विकास गरेर द्वन्द्वात्मक भौतिकवादको आविस्कार गर्नु भएको थियो । द्वन्द्वात्मक भौतिकवाद सर्वहारा वर्गको विश्वदृष्टिकोण हो । भौतिकवाद सर्वहारा वर्गको पक्षधर रहदै आएको छ भने अधिभुतवाद पुँजीपति वर्ग अर्थात् प्रतिक्रियावादी वर्गको पक्षधर रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :