नेकपाका कार्यकर्ता गिरफ्तार

काठमाडौंः बाराबाट ढिलो गरी प्राप्त समाचारअनुसार फेटा गापाका नेकपाका जिल्ल्ला स्तरीय नेता दिल मोहम्मद अन्सारीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी अर्का कार्यकर्ता रञ्जितलाई पनि प्रहरीले पक्राउ गरेको छ । त्यसैगरी बुधबारनै डुमरवानाबाट विरोध शर्मालाई नियन्त्रणमा लिएको छ । नेकपाका नारायणी ब्युरो इन्चार्ज मिलनले प्रहरी दमनको विरोध गर्दै आफ्ना कार्यकर्ता रिहाइको माग गर्नुभएको छ ।

२०७४ भदौ २९ गते अपरान्ह ७ः१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :