विरगञ्जका पत्रकार पक्राउ

काठमाडौंः रातोखबर साप्ताहिकका विरगञ्ज सम्बाददाता सुदर्शनराज पाण्डेलाई विरगञ्ज घण्टाघरबाट पर्सा प्रहरीले बिहिबार बिहान ११ बजे पक्राउ गरेको छ । समाचार संकलनार्थ हिँडिरहेको बेला उनलाई विनाकारण पक्राउ गरिएको हो । चुनाव खारेजको समाचार लेखेकै आधारमा पूर्वाग्रहबस पाण्डेलाई पक्राउ गरिएको आशंका गरिएको छ । पाण्डेको गिरफ्तारीका विरुद्ध रातोखबर साप्ताहिकका निर्देशक अनिल शर्मा र प्रवन्ध निर्देशक भीम चापागाईले बिहिबार अपरान्ह विज्ञप्ति जारी गर्दै पाण्डेको विनाशर्त तत्काल रिहाइको माग गर्नुभएको छ । पाण्डे विरगञ्जको पुरानो अखबार उत्थान साप्ताहिकका सम्पादक तथा प्रकाशक पनि हुन् । गौर हत्याकाण्डका सहिद विपिन पाण्डेका पितासमेत रहनुभएका पाण्डे विरगञ्जका पाका स्थापित पत्रकार हुन् । समाचार सम्प्रेषण गरेकै भरमा पत्रकारलाई थुनछेक गर्नुले राज्य चुनावको नाममा निरंकुशता तर्फ उद्दत भएको आरोप जारी विज्ञप्तिमा लगाइएको छ ।

 

२०७४ भदौ २९ गते अपरान्ह ६ः१५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :